२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नामिबियाविरुद्ध नेपालको खराब सुरुवात, चार विकेट गुमायो



अ+ अ-

काठमाडौं । आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ त्रिकोणात्मक एकदिवसीय क्रिकेट शृङ्खलाअन्तर्गत नामिबियाविरुद्ध नेपालले खराब ब्याटिङ गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेको ब्याटिङ गरिरहेको नेपालले पावरप्लेमा चार विकेट गुमाएको छ । नेपालले १० ओभरमा ४ विकेट गुमएर २५ रन बनाएको छ ।

नवौँ ओभरको तेस्रो बलमा चौथो विकेटको रुपमा कप्तान रोहित पौडेललाई गुमाएको छ । उनी १३ बलमा एक रन बनाएर आउट भएका हुन् ।

यसअघि नेपालले चौथो ओभरमा आसिफ शेखलाई गुमाएको थियो । उनी ४ रन बनाएर ज्याक ब्रासेलको बलमा आउट भए ।

तेस्रो ओभरको पहिलो बलमा अनिल साह ८ रन बनाएर रुबेन ट्रम्पेलम्यानको बलमा आउट भएका थिए । कुशल भुर्तेल पहिलो बलमा नै रुबेन ट्रम्पेलम्यानको बलमा आउट भएका हुन् ।