९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar कर्णालीदेखि काठमाडौंसम्मको संघर्षपूर्ण यात्राबाट चर्चामा रेशम नेप्किङ, ‘पान मिठो कलकत्ताको’ सार्वजनिक News Polar रसुवा बाढीः सुरुङभित्र १० दिन फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज News Polar ऊर्जा आयोजनामा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तामाथि कारबाही गर्छौं : गगन थापा News Polar हिमालयन बैंक र एससीटीबीच स्मार्टपे आईबीएफटी सेवा सञ्चालनसम्बन्धी सम्झौता News Polar २२ वर्षपछि काठमाडौंमा ‘सम्यक् महादान’, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar पुराना दल र परीक्षण भइसकेका नेताको नेतृत्वमा मधेसको राजनीति अघि बढ्न सक्दैन : रामकुमार शर्मा News Polar मुुपात्रअर्थात् कही नभएको भक्तपुरको जात्रा News Polar सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए News Polar कोरलानाका क्षेत्रमा बेमौसमी हिमपात News Polar ‘हुंकार मधेश’ अभियान घोषणा, वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने लक्ष्य News Polar धौलीगङ्गा जलविद्युत्को बाँध खोलिँदै, महकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह News Polar अविरल वर्षाले बाढी प्रभावितको जनजीवन थप कष्टकर News Polar ताप्लेजुङमा आगलागीबाट १४ करोडको क्षति News Polar दोधारा चाँदनीमा चौध परिवारको सामान सुरक्षित स्थानमा सारियो News Polar चाडपर्वमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिइने News Polar रसुवागढी नाका पुनः सञ्चालनका लागि चीनसँग सहयोग माग News Polar बिपी राजमार्गः वर्षा रोकिएपछि पुनर्निर्मित सडकबाटै आवागमन News Polar महिला कबड्डीमा नेपाल भारतसँग पराजित, काँस्य पदकमै सीमित News Polar कुलेखानीमा जलसतह बढ्न नदिन पूर्ण क्षमतामा विद्युत् उत्पादन News Polar सिन्धुपाल्चोकमा राति सवारी सञ्चालन बन्द गर्ने निर्णय

राष्ट्रपति/उपराष्ट्रपति निर्वाचनमा निर्वाचन आयोगले दण्डनीय अपराध गर्यो: वामदेव गौतम

राष्ट्रपति/उपराष्ट्रपति निर्वाचनमा निर्वाचन आयोगले दण्डनीय अपराध गर्यो: वामदेव गौतम
file photo
अ अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभाका सांसद एवं पूर्वउपप्रधानमन्त्री एवं गृहमन्त्री वामदेव गौतमले राष्ट्रपति/उपराष्ट्रपति निर्वाचनमा निर्वाचन आयोगले दण्डनीय अपरोध गरेको आरोप लगाउनुभएको छ ।

महिला र पुरुष राष्ट्रपति र उपराष्ट्रपति हुने संवैधानिक व्यवस्थालाई गलत अर्थ लगाएर सत्तारुढ गठबन्धनसँग आत्मसमर्पण गरेर त्यसको निर्वाचन गराएकाले निर्वाचन आयोगले नेपाली जनतामाथि ठूलो अत्याचार गरेको उहाँको जिकिर थियो ।

बुधवार संघीय संसद राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै सांसद गौतमले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सो निर्वाचनमा संविधानको गलत अर्थ लगाएर निर्वाचनलाई बैधानिकता दिएकाले त्यसको भागीदार आफैँ बन्नुपर्ने समेत बताउनु भयो । राष्ट्रपति र उपराष्ट्रपतिमा महिला र पुरुष दुवै हुनुपर्ने २०७२ सालको निर्वाचनको नजिरलाई लत्याएर निर्वाचन आयोगले सो निर्वाचनमा गलत निर्णय लिएको सांसद गौतमको भनाई थियो । उहाँले त्यस अवसरमा संविधानको व्याख्या गर्ने काम नगर्न पनि निर्वाचन आयोगलाई सचेत गराउनु भयो ।

सांसद गौतमले भन्नुभयो, ‘अघि भर्खरै प्रमुख निर्वाचन आयुक्तले संविधानको कुरा उठाएर वा भन्ने कुराको अर्थ विभिन्न लाग्दो रहेछ भन्दै यस पटक भएको निर्वाचनलाई वैधानिकता दिनुभयो । यस पटक भएको राष्ट्रपतिको निर्वाचनमा उपराष्ट्रको संविधानको गलत अर्थ लगाएर उपराष्ट्रपति बनाइएको छ । र त्यो निर्वाचन आयोग अहिले भएको गठबन्धन अगाडि निर्वाचन आयोगले आत्मसमर्पण गरेको छ । र यसमा कसैले मुद्दा हालेको छैन । र यो वास्तवमा दण्डनीय अपराध भएको छ । गलत व्याख्या गरियो ।

अब एउटा अन्तर्राष्ट्रिय मान्यताप्राप्त विषय पनि के हो भने नजिर बसिसकेपछि कानूनमा दोधार चाँही हुन सक्दैन । २०७२ सालको राष्ट्रपति निर्वाचनमा नजिर बसीसकेको छ । संविधानमा वा भनिएको व्यवस्था के हो भन्दा एक जना पुरुष र एक जना महिला हुनैपर्छ । त्यसमध्ये एउटा फरक समुदायको हुनुपर्छ भन्ने हो । महिला र पुरुष अनिवार्य छ । तर यो दुइ वटामध्ये एउटै समूदायको हुनु हुँदैन । दुई वटा समुदायको हुनुपर्छ भन्ने हो । र त्यो नजिर बसिसकेको छ । यस्तो अवस्थामा निर्वाचन आयोगले नै त्यो निर्वाचन गरायो । त्यसो हुँदाखेरी निर्वाचन आयोग त्यसको भागी छ ।

कुनै बेला हामीले मूल्यांकन गर्दाखेरी इतिहासमा उल्लेख हुँदाखेरी पनि निर्वाचन आयोगले ध्यान दिएन । अन्धो भयो । र त्यहाँबाट जे विषय आयो, त्यसलाई हात उठाएर आँखा चिम्लेर समर्थन गर्यो । त्यस्तो विषयलाई वा को अर्थ यस्तो भनेर अर्थ लगाउनु पाईन्न । संविधानको ब्याख्या सर्वोच्च अदालतले गर्छ । निर्वाचन आयोगले होइन । र निर्वाचन आयोगले नजिर बसिसकेको विषयलाई पनि त्यो गर्नुभयो । र ठूलो अत्याचार भयो नेपाली जनतामाथि । त्यहाँ एक जना महिला भएन । दुई वटै पुरुष भए । दुई वटै टोपी, धोती र सुरुवाल लगाएर हिँडनेहरु । त्यसो भएर यो अन्यायपूर्ण छ । गलत भएको छ ।’

सांसद गौतमले निर्वाचन प्रणालीमा पनि थुप्रै त्रुटीहरु रहेको पनि दोहो¥याउनु भयो ।