१० श्रावण २०८३, आईतवार
,
Latest
नारायणी अस्पताल घटनाबारे छानविन गर्न समिति गठन निरञ्जना चन्द ‘निरु’ को काव्यिक आवाज-कर्णालीदेखि काठमाडौँसम्म डा. गोविन्द केसीसँग सरकारको वार्ता सुरु ग्रे लिस्टलाई चेतावनी होइन, वित्तीय प्रणाली सुधार्ने अवसरका रूपमा लिनुपर्छः सुजिता माथेमा हेटौंडाको थानाभर्‍याङमा एक पुरुष मृत फेला एमाले–नेकपा समीकरणपछि काँग्रेसले सातै प्रदेशका नेतासँग गर्‍यो परामर्श एमबीएसको प्रश्नपत्र सामाजिक सञ्जालमा सार्वजनिक गरेको आरोपमा दुई जना पक्राउ भोटेकोसीमा गाडी खसेपछि खोजी तथा उद्धारमा खटेकालाई हौसला दिन गृहमन्त्री घटनास्थलमा अमेरिकाले इरानमाथिको आक्रमण रोक्यो, कारणबारे फरक–फरक रिपोर्ट गत आर्थिक वर्ष नेपालमा पर्यटक आगमन १२ लाखभन्दा बढी, २५ प्रतिशत भारतबाट
तपाईं के खोज्दै हुनुहुन्छ ?

आँखाको समस्याबाट पीडित शकिबले प्रतियोगिताकै सबैभन्दा छिटो अर्धशतक बनाएर तहल्का पिटे



अ+ अ-

एजेन्सी । मंगलबार शकिब अल हसनले खुल्ना टाइगर्सका बलरलाई कठिन समय दिए । रंगपुर राइडर्सको प्रतिनिधित्व गर्दै आएका शकिबले आफू उत्कृष्ट फर्ममा हुँदा ब्याटिङबाट के गर्न सकिन्छ भन्ने देखाए ।

अनुभवी ब्याट्सम्यानले ३१ बलमा ५ चौका र तीन छक्का प्रहार गर्दै ६९ रन बनाए । एक महिनाअघिसम्म शकिब अल हसन आँखाको समस्याबाट पीडित थिए, जहाँ उनलाई हेर्न समेत समस्या भइरहेको थियो । उनले उपचारका लागि सिंगापुरका आँखा विशेषज्ञसँग उपचार गराए ।

शकिब अल हसनको बीपीएल २०२४ अभियानको सुरुवात नै अस्थिर भएको छ । उनले पहिलो ५ खेलमा १.३३ को औसतमा ४ रन मात्र बनाएका थिए । तर, यो अवधिमा उनको बलिङ राम्रो रह्यो र उनले ६ विकेट लिए । तर शकिबले आफ्नो ब्याटिङमा ध्यान दिए र दूरदन्तो ढाका र चट्टोग्राम च्यालेन्जर्सविरुद्ध क्रमशः ३४ र २७ रन बनाए । त्यसपछि खुल्ना टाइगर्स विरुद्ध शकिब फरक अवतारमा देखिए ।

शकिबले बंगलादेश प्रिमियर लिग २०२४ को सबैभन्दा छिटो अर्धशतक बनाएका छन् । उनले २० औं बलमा आफ्नो ५० रन पूरा गरे । यसरी शकिब ले फर्च्युन बारिशालविरुद्ध २१ बलमा अर्धशतक प्रहार गर्ने इभिन लुइसलाई पछाडि छोडे ।

हसनले मेहदी हसनसँग तेस्रो विकेटका लागि १०९ रनको शतकीय साझेदारी पनि गरे । २४ रनको स्कोरमा रंगपुरले रोनी तालुकदार र रिजा हेन्ड्रिक्सको विकेट गुमाएको थियो । त्यसपछि साकिब–मेहदीले २४/२ को स्कोर बनाएर रंगपुर राइडर्सलाई बचाएका थिए ।

३६ वर्षीय शकिबले बंगलादेश प्रिमियर लिग २०२४ मा हालसम्म ८ खेलमा २२.३३ को औसत र १७८.६६ को स्ट्राइक रेटमा १३४ रन बनाएका छन् । शकिबले हालै चट्टोग्राम च्यालेन्जर्स विरुद्ध आफ्नो टी–२० करियरको ७ हजार रन पुरा गरेका छन् । उनी तत्काल क्रिकेटमा ५ सय विकेटको कीर्तिमान नजिक पनि छन् ।