१३ श्रावण २०८३, बुधबार
,
Latest
सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्न पर्यटन बोर्ड र सांस्कृतिक संस्थानबीच सम्झौता संवेदनशील मुद्दाको प्रत्यक्ष प्रसारण नगर्न आदेश चीनलाई लक्षित गर्दै अमेरिकाद्वारा ह्युमनोइड रोबोट आयातमा प्रतिबन्ध फुटवेयर क्षेत्रमा सीपयुक्त जनशक्ति र रोजगारी सिर्जनाका लागि श्रममन्त्री यादवको पहल अत्यावश्यक परेमा मात्र राहदानीका लागि आवेदन दिन विभागको अनुरोध लुम्बिनी प्रदेशमा ८ मन्त्रालय कायम अमेरिका–इरानबीच पुनः शत्रुतापूर्ण गतिविधि सुरु सरकार र नेपाल चिकित्सक सङ्घबीच सहमति, स्वास्थ्य सेवा सञ्चालन जापानमा जापानी नागरिक घट्दै, विदेशी बढ्दै रास्वपा बैठक: बालेन शाह वरिष्ठ नेतामा मनोनीत, सचिवालयका को को ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

नागरिकको गुनासो बढ्योः महामन्त्री थापा



अ+ अ-

चितवन । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आम नागरिकमा सरकारप्रति धेरै गुनासो रहेको बताउनुभएको छ । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उहाँले संवाद यात्राका क्रममा आफूले प्रत्यक्ष रुपमा नागरिकका गुनासा सुन्ने अवसर पाएको बताउनुभयो ।

उहाँले भन्नुभयो “सुशासन, सेवा प्रवाहको सन्दर्भमा संविधान निर्माण लगायतका महत्वपूर्ण कुरा टुङ्गीसकेपछि महसुस गर्ने खालको परिवर्तन हुन्छ भन्ने लागेको हो त्यो प्राप्त गर्न नसकेकोमा जनताको गुनासो छ ।”

आम नागरिकका साना–साना मागसमेत पूरा हुन नसकेको जनगुनासो आफूले पाएको उहाँले बताउनुभयो । महामन्त्री थापाले थप्नुभयो “जुन कुरा सरकारले गर्न सक्ने कुरा छन् । सामान्य हिसाबले गर्न सकिने कुरा पनि नगरेको देख्दा त्यसबाट नैराश्यता सिर्जना भएको छ ।”

स्रोत साधनको अभावले गर्दा गर्न नसकेको ठूला कुरा स्वाभाविक भएको भन्दै उहाँले अहिले सबै खालको अनुकूलता भएको समयमा गर्न सकिने काम पनि नभएकामा नागरिकले गुनासो गरेको उहाँले सुनाउनुभयो ।

पूर्वाधार बनिसकेपछि लाभ लिने कुरामा हामी सबै चुकेको अनुभूति भएको उहाँको भनाइ थियो । उहाँले भन्नुभयो “पूर्वाधार बनेको तर समयमा पूरा गर्न नसक्दा सिङ्गो नेपालभरिको ठेक्का प्रणालीको समस्या हुलाकी राजर्मामा देखियो । यस कारणले गर्दा लगानी भएपनि लाभ लिन नसकेको देखिन्छ ।”

देशभरका महासमिति सदस्य केही अनुभव वोकेर काठमाडौँ आउँदा महासमितिको बैठकमा यी बिषयमा छलफल हुने महामन्त्री थापाले बताउनुभयो । निर्वाचन पछि गठवन्धन गर्दा राम्रो हुने भन्दै उहाँले निर्वाचन अघिको गठवन्धन उपयुक्त नहुने देखिएको टिप्पणी गर्नुभयो ।

उहाँले भन्नुभयो “त्यो आफैँमा गलत, संविधानको, लोकतन्त्रको भावनाविपरीत र सिङ्गो प्रणालीलाई विकृत वनायो ।” निर्वाचनपछि गठवन्धन वन्न सक्ने भन्दै उहाँले थप्नुभयो “कुनै पनि दलले बहुमत ल्याएन भने निर्वाचनपछि गठवन्धन वन्छ । निर्वाचनपछिको गठवन्धनमा पनि त्यसको निम्ति चाहिने संस्कृतिको हामीमा अभाव छ ।” रासस