९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar महिला कबड्डीमा नेपाल भारतसँग पराजित, काँस्य पदकमै सीमित News Polar कुलेखानीमा जलसतह बढ्न नदिन पूर्ण क्षमतामा विद्युत् उत्पादन News Polar सिन्धुपाल्चोकमा राति सवारी सञ्चालन बन्द गर्ने निर्णय News Polar रसुवाका २०१ अभिभावक र ३८ जना विद्यार्थी बेपत्ता News Polar ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे News Polar गुठी जग्गा खाली गराउने सूचना खारेज गर्न माग गर्दै जनकपुरमा आन्दोलन News Polar भारी वर्षापछि त्रिभुवन राजपथमा सवारी सञ्चालनको समयतालिका तोकियो News Polar सप्तकोशीमा बाढी बढ्दो, तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह News Polar कञ्चनपुरमा तीन वटै सुरक्षा निकायलाई ‘चनाखो’ News Polar विश्व फार्मासिस्ट दिवसः औषधिको सुरक्षित प्रयोगमा फार्मासिस्टको भूमिका महत्वपूर्ण News Polar बाजुरामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन News Polar प्रतिकूल मौसमका कारण उडान प्रभावित News Polar वर्षाका कारण चितवनका सबै विद्यालय बन्द News Polar च्यासलमा खोलाको बहाव बढेपछि गृहमन्त्री गुरुङद्वारा स्थलगत अवलोकन News Polar प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’ News Polar पहिरोसहित रुख ढलेर अवरुद्ध सिद्धार्थ राजमार्ग सुचारु News Polar बीसौँ एसियाली खेलकुदः नेपालसामु १०३ रनको लक्ष्य News Polar त्रिशूली नदीले सडकको जग कटान गरेपछि कुरिनटारमा पृथ्वी राजमार्ग भासियो News Polar ढोरपाटनमा सिकार याम सुरुः दश नाउर र सात झारलका लागि अनुमति News Polar जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार

माधव नेपालले मान्छेलाई भ्रममा पारेर अल्मल्याइरहेका छन्ः अध्यक्ष ओली

माधव नेपालले मान्छेलाई भ्रममा पारेर अल्मल्याइरहेका छन्ः अध्यक्ष ओली
अ अ+ अ-

काठमाडौँ । नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मान्छेहरुलाई अल्मल्याइरहेको आक्षेप लगाउनुभएको छ ।

मंगलवार नेकपा(एकीकृत समाजवादी)का पोलिटब्युरो सदस्य प्रतापलाल श्रेष्ठ र केन्द्रिय सदस्य ईश्वरनारायण श्रेष्ठलाई एमाले पार्टी प्रवेश गराउँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले माधव नेपालले मान्छेहरुलाई भ्रम दिएर झुक्याएको पनि बताउनु भयो । उहाँले अध्यक्ष नेपालले जनतालाई फ्रि भिसा, फ्रि टिकट दिने भनेर अल्मल्याएको समेत बताउनु भयो ।

उहाँले आफ्नो पार्टीको सरकार ढालेर दक्षिणपन्थी सरकार बनाउँदा पनि कुनै लाजसरम नभएको भन्दै नेपाललाई अधर्मी र अपराधिक मनोवृत्ति भएको व्यक्तिको रुपमा टिप्पणी गर्नुभयो । अध्यक्ष ओलीले तत्कालिन महाकाली सन्धीको बिरोधमा पार्टी फुटाउनेहरु सो इस्युलाई त्यहीँ छाडेर पुनः एमाले प्रवेश गर्नुपरेको विगतको इतिहास रहेको पनि उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘एकपल्ट लौ न महाकाली बेचे, खत्तम पारे, गयो महाकाली, भारत पुग्यो भने । महाकाली अहिले पनि उतै बग्दैछ । पहिले पनि उतै बग्दै थियो । हामीले खालि बिग्रिएको सन्धि सच्याउन खोजेका थियौँ । सच्यायौँ । त्यत्ति हो । त्यो सन्धि सच्चिएपछि रुवावासि, आफ्नै कपाल तानेका छन्, रोएका छन् । लौ न नि भनेका छन् । उफ्रिएका छन् । मडारिएका छन् । हातखुट्टा बजारेका छन् । अनेक तमासा देखियो । देशको माया केही मान्छेहरुलाई नाटकीय ढंगले नै लाग्यो । अचम्मैसँग लाग्यो त्यतिखेर देशको माया । नक्कली ढंगले लाग्यो र पार्टी फुटाए ।

देशको माया लाग्ने भए पार्टी एकजुट बनाउनुपर्छ कि पार्टी फुटाउनुपर्छ ? देशको माया लाग्दा पार्टी फुटाउने हो त ? होइन नि । पार्टी त एकजुट पो बनाएर जानुपर्छ त । त्यो साथीहरुले देख्नुभएको छ । भोग्नुभएको छ । त्यो नक्कली कुरा थियो । कता गयो त महाकालीको इस्यु पछि ? त्यस इस्युमा के भयो त ? त्यो त गलत बुझिएको रहेछ ।

आफ्नो सरकार ढालेर दक्षिणपन्थी सरकार बनाउने प्रश्ताव लिएर, अदालत गएर, मलाई मुद्दा जिताइदिनु पर्यो भनेर अदालतमा जाने अनि दक्षिणपन्थी सरकार बनाएर आफ्नो सरकार ढालेर कति अधर्मी, कति अपराधिक मनोवृत्ति होला ? होइन भने त त्यस्तो मान्छे त सुकेरै मथ्र्यो । तर पनि ति मान्छेहरु त केही नि जस्तो छैन । उल्टै लाज पनि छैन । सरम पनि छैन । माधव नेपाल हेर्नुस् त, मान्छेलाई अल्मल्याएको छ । भ्रम दिएको छ । झुक्याएको छ । जनताकोमा गएर फ्रि भिसा टिकट मिलि, फ्रि का मतलव बिना ढेउवा, जनता अल्मल्याएको छ । झुक्याएको छ सबतिर ।’

उहाँले माधव नेपालले बिजनेशका लागि राजनीति गरेको टिप्पणी पनि गर्नुभयो ।