५ श्रावण २०८३, मंगलवार
,
Latest
बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा बितेका १० वर्ष काँग्रेस र राष्ट्रका लागि ‘काला दिन’ थिएः गगन थापा स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने नेपाल टेलिकमद्वारा हुम्ला, नुवाकोट, रसुवा र बाराका दुर्गम तथा सीमावर्ती क्षेत्रमा टुजी र फोरजी सेवा… नेपालको विकास यात्रामा रुसको योगदान महत्त्वपूर्ण छ : नेता पुन कृषि र उद्योगमन्त्रीबीच मन्त्रालयका काममा समन्वय गर्नेबारेमा छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

ललितपुर महानगर १ वडामा ज्येष्ठ नागरिकलाई निःशुल्क निमोनियाविरुद्ध खोप



symbolic picture of vaccine
अ+ अ-

काठमाडौँ । ललितपुर महानगरपालिका १ वडा कोपुण्डोलले वडा क्षेत्रभित्र रहेका ज्येष्ठ नागरिकलाई निमोनिया विरुद्धको खोप दिने तयारी गरेको छ । आगामी फाल्गुन ३ र ८ गते दुई चरणमा खोप कार्यक्रम सञ्चालन हुन लागेको छ ।

जाडो महिनामा जोखिम उमेर समूहका नागरिकलाई हुन सक्ने निमोनियाको जोखिमबाट बचाउनको लागि निमोनियाँ विरुद्धको खोप दिन लागेको ललितपुर महानगरपालिका १ वडा कार्यालय वडा अध्यक्ष निर्मल तण्डुकारले बताउनु भयो ।

उहाँका अनुसार ललितपुर महानगरपालिका १ वडामा घरदैलो डिजिटल स्वास्थ्य सर्वेक्षण गरिएको थियो उक्त सर्वेक्षणबाट ६८ वर्ष माथिका करिब ४०० जना जेष्ठ नागरिकहरु तथ्यांक प्राप्त भएता पनि गत वर्षहरुमा महानगरपालिकाको सहयोगमा जेष्ठ नागरिकहरुलाई खोप लगाइ सकेको र बाँकी १५० जनालाई खोप तयारी भएको छ ।

ललितपुर महानगरपालिका ज्येष्ठ नागरिकलाई निमोनियाँ विरुद्धको खोप दिने पहिलो स्थानीय निकाय हो । यो खोप खुद्रा मूल्यमा ६ हजार ७ सय पर्न आउँछ । यस खोपले वृद्ध अवस्थामा चिसोको कारण हुन सक्ने निमोनियाको सङ्क्रमणबाट बचाउन सकिने आधारभूत स्वास्थ्य केन्द्र ललितपुर १ का इन्चार्ज मधुकरमणी आचार्यको भनाइ छ ।