२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद पोखराको फोहोर विसर्जनस्थलमा तीनवटा ग्रिनेड बम फेला एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालले क्यानडासँग अन्तिम खेल खेल्दै



अ+ अ-

काठमाडौँ । तीन खेलको एकदिवसीय सिरिज अन्तर्गत नेपालले आज क्यानडासँग अन्तिम खेल खेल्दैछ । खेल कीर्तिपुरस्थित टियु मैदानमा सवा ९ बजे खेल सुरु हुनेछ ।

यसअघिका दुई खेल जितेर सिरिज आफ्नो नाममा पारिसकेको नेपालले आजको खेल पनि जितेर क्लिन स्वीप गर्न चाहन्छ । यता, दुई खेलमा पराजय बेहोरेको क्यानडा आजको खेल जितेर सुखद अन्त्य गर्न चाहन्छ ।

यसअघि बिहिबार भएको पहिलो खेलमा नेपाल सात रनले विजयी भएको थियो भने शनिबार नेपालले क्यानडालाई चार विकेटले हरायो ।

आइसिसी विश्वकप लिग–२ को तयारी स्वरुप नेपालले क्यानडासँग खेलेको हो ।

क्यानडाले पनि मार्चदेखि संयुक्त अरब इमिरेट्स (युएई)मा आइसिसी क्रिकेट विश्वकप लिग–२ को सुरुवात गर्दैछ । त्यसका लागि क्यानडा नेपाल आएको हो ।