९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar कर्णालीदेखि काठमाडौंसम्मको संघर्षपूर्ण यात्राबाट चर्चामा रेशम नेप्किङ, ‘पान मिठो कलकत्ताको’ सार्वजनिक News Polar रसुवा बाढीः सुरुङभित्र १० दिन फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज News Polar ऊर्जा आयोजनामा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तामाथि कारबाही गर्छौं : गगन थापा News Polar हिमालयन बैंक र एससीटीबीच स्मार्टपे आईबीएफटी सेवा सञ्चालनसम्बन्धी सम्झौता News Polar २२ वर्षपछि काठमाडौंमा ‘सम्यक् महादान’, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar पुराना दल र परीक्षण भइसकेका नेताको नेतृत्वमा मधेसको राजनीति अघि बढ्न सक्दैन : रामकुमार शर्मा News Polar मुुपात्रअर्थात् कही नभएको भक्तपुरको जात्रा News Polar सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए News Polar कोरलानाका क्षेत्रमा बेमौसमी हिमपात News Polar ‘हुंकार मधेश’ अभियान घोषणा, वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने लक्ष्य News Polar धौलीगङ्गा जलविद्युत्को बाँध खोलिँदै, महकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह News Polar अविरल वर्षाले बाढी प्रभावितको जनजीवन थप कष्टकर News Polar ताप्लेजुङमा आगलागीबाट १४ करोडको क्षति News Polar दोधारा चाँदनीमा चौध परिवारको सामान सुरक्षित स्थानमा सारियो News Polar चाडपर्वमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिइने News Polar रसुवागढी नाका पुनः सञ्चालनका लागि चीनसँग सहयोग माग News Polar बिपी राजमार्गः वर्षा रोकिएपछि पुनर्निर्मित सडकबाटै आवागमन News Polar महिला कबड्डीमा नेपाल भारतसँग पराजित, काँस्य पदकमै सीमित News Polar कुलेखानीमा जलसतह बढ्न नदिन पूर्ण क्षमतामा विद्युत् उत्पादन News Polar सिन्धुपाल्चोकमा राति सवारी सञ्चालन बन्द गर्ने निर्णय

भारतलाई हराउँदै अस्ट्रेलियाले चौथो पटक उचाल्यो यू–१९ विश्वकपको उपाधि

भारतलाई हराउँदै अस्ट्रेलियाले चौथो पटक उचाल्यो यू–१९ विश्वकपको उपाधि
अ अ+ अ-

काठमाडौं । यू–१९ विश्वकपको उपाधि अस्ट्रेलियाले जितेको छ ।

फाइनलमा भारतलाई ७९ रनले पराजित गर्दै अस्ट्रेलियाले चौथो पटक विश्वकपको उपाधि जितेको हो ।

पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले भारतलाई जितका लागि २५४ रनको लक्ष्य दिएको थियो ।

भारतीय टोली ४३.५ ओभरमा १७४ रनमा अलआउट भयो । भारतका लागि आदर्श सिंह (४७)र मुरुगन अभिषेक (४२) ले सर्वाधिक रन बनाए ।

मुशीर खानले २२ रनको योगदान दिए । अस्ट्रेलियाका राफ म्याकमिलन र महली बियर्डम्यानले ३-३ विकेट लिए ।

बेनोनीमा टस जितेर ब्याटिङ रोजेको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २५३ रन बनायो ।

हरजस सिंहले सर्वाधिक ५५ रन बनाए । कप्तान ह्युज विब्जेन ४८ रन बनाएर आउट भए भने ह्यारी डिक्सन ४२ रन बनाएर आउट भए । यस्तै, ओलिभर पिके ४६ रनमा नटआउट रहँदा र्यान हिक्सले २० तथा चार्ली एन्डर्सनले १३ रन जोडे ।

भारतका लागि राज लिम्बानीले ३ विकेट लिए । नमन तिवारीले २ सफलता हात पारे । यस्तै, सौमी पाण्डे र मुसीर खानले १–१ विकेट लिए ।