२७ मंसिर २०८२, शनिबार
,
Latest
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ वर्तमान पाठ्यक्रममा परिमार्जन गर्न जरुरी छः मुख्यमन्त्री बानियाँ ‘सौन्दर्य व्यवसाय महिलाको आर्थिक सशक्तीकरणसँग गाँसिएको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

म्याक्सवेलले गरे रोहित शर्माको विश्व कीर्तिमान बराबरी



अ+ अ-

एजेन्सी । अस्ट्रेलिया र वेस्ट इन्डिजबीचको दोस्रो टी–२० खेल एडिलेड ओभल मैदानमा जारी छ । यो खेलमा अष्ट्रेलियाका स्टार अलराउन्डर ग्लेन म्याक्सवेलले विष्फोटक शतक प्रहार गर्दै ठूलो उपलब्धि हासिल गरेका छन् ।

आफ्नो करियरको १०२ औं टी–२० अन्तर्राष्ट्रिय खेल खेल्दै म्याक्सवेलले करियरको पाँचौं शतक प्रहार गरे । म्याक्सवेलले ५० बलमा ९ चौका र ७ छक्का प्रहार गर्दै शतक पूरा गरे । यस क्रममा उनले भारतीय टोलीका कप्तान रोहित शर्माको विश्व कीर्तिमान पनि बराबरी गरेका छन् ।

यस अवधिमा म्याक्सवेल संयुक्त रूपमा टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा धेरै शतक बनाउने विश्वका पहिलो ब्याट्सम्यान बनेका छन् । यस मामिलामा म्याक्सनेलले भारतीय टोलीका कप्तान रोहित शर्माको विश्व कीर्तिमानको बराबरी गरेका छन् ।

म्याक्सवेलको खातामा पनि पाँच टी–२० अन्तर्राष्ट्रिय शतक भएको छ जसले रोहितको कीर्तिमानलाई बराबरी गर्यो । म्याक्सवेलले ९४ इनिङ्समा यो उपलब्धि हासिल गरेका थिए भने रोहितले १४३ इनिङ्समा यो उपलब्धि हासिल गरेका थिए । सूर्यकुमार यादव ४ शतकसहित तेस्रो स्थानमा छन् ।