२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

म्याक्सवेलको टी–२०आई करिअरमा पाँचौ शतक, ५५ बलमा १२० रन जोडे



अ+ अ-

काठमाडौँ । अष्ट्रेलिया भ्रमणमा रहेको वेस्ट इन्डिजले दोस्रो टी–२० आईमा २४२ रनको विजयी लक्ष्य पाएको छ ।

एडिलेडमा टस हारेर ब्याटिङ थालेको अष्ट्रेलियाले २० ओभरमा ४ विकेटको क्षतिमा २४१ रन जोड्यो । अष्ट्रेलियाका लागि ग्लेन म्याक्सवेलले विष्फोटक शतकीय पारी खेले । उनी ५५ बलमा १२० रनसहित नटआउट रहे । उनले १२ चौका र ८ छक्का प्रहार गरे । म्याक्सवेलको यो टी–२० अन्तर्राष्ट्रियमा पाँचौं शतक हो ।

यस्तै, डेभिड वार्नरले २२, मिचेल मार्शले २९, मार्कुस स्टोइनिसले १६ रन जोड्दा टिम डेभिड ३१ रनमा अविजित रहे ।

बलिङतर्फ वेस्ट इन्डिजका लागि जेसन होल्डरले दुई तथा अल्जारी जोसेफ र रोमारियो सेपहर्डले एक–एक विकेट लिए ।