२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी
तपाईं के खोज्दै हुनुहुन्छ ?

यू–१९ विश्वकप फाइनल आज, उपाधिका लागि अष्ट्रेलिया र भारत भिड्दै



अ+ अ-

एजेन्सी । यू–१९ विश्वकप क्रिकेटको फाइनलमा आज भारत र अष्ट्रेलियाबीच प्रतिस्पर्धा हुँदैछ । खेल बेनोनीको विलोमुर पार्कमा दिउँसो १ः४५ बजे सुरु हुनेछ । टस दिउँसो १ः१५ बजे हुनेछ ।

भारत र अष्ट्रेलिया तेस्रो पटक प्रतियोगिताको फाइनलमा भिड्दैछन् । यसअघि दुई देशबीच अन्डर–१९ विश्वकपको फाइनल दुई पटक खेलिएको थियो र दुवै पटक भारतले जितेको थियो ।

यू–१९ विश्वकप २०१८ को फाइनलमा भारतले अष्ट्रेलियालाई ८ विकेटले पराजित गरेको थियो । यस्तै, सन् २०१२ मा भारतले अस्ट्रेलियालाई ६ विकेटले हराएको थियो ।

यूथ ओडीआईमा भारतको प्रदर्शन अस्ट्रेलियाभन्दा राम्रो छ । दुई टोलीबीच हालसम्म ३७ युवा एकदिवसीय खेलहरू खेलिएका छन् । जसमध्ये भारतले २३ खेल जितेको छ भने अष्ट्रेलियाले १४ खेल जितेको छ ।

यू–१९ एकदिवसीय विश्वकपमा दुवै टोली ८ पटक आमनेसामने भएका छन् । यसमा पनि भारतको वर्चस्व रहेको छ । भारत ६ पटक विजयी हुँदा अष्ट्रेलिया मात्र २ खेलमा विजयी भएको छ ।