९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar विश्व फार्मासिस्ट दिवस : स्वस्थ भविष्यका लागि फार्मासिस्टलाई सशक्त बनाउन जोड News Polar उच्च सतर्कता अपनाउन मुख्यमन्त्री थापाको अपिल News Polar कुलेखानी ड्याममा पानी बढे साइरन बजाएर पूर्वसूचना दिइने News Polar वर्षाका कारण फोहर व्यवस्थापन प्रभावित हुन सक्ने, घरमै राख्न महानगरको आग्रह News Polar कृष्णभीरमा वैकल्पिक सडकमाथि थपियो जोखिमः त्रिशूलीको कटानले नयाँ ट्रयाक पनि संकटमा News Polar विपद् प्रतिकार्यका लागि उच्च सतर्कता अपनाउन लुम्बिनी प्रदेश सरकारकाे आग्रह News Polar काठमाडौँ तथा भरतपुर जाने खण्डमा पहिरोः यातायात प्रभावित News Polar भोटेकोशी बाढी विश्वकै लागि पनि चेतावनी होः प्रधानमन्त्री News Polar बेनी–जोमसोम–कोरला सडकमा राति गाडी चलाउन नपाइने News Polar मकवानपुरको सिमातखोलाले बगाउँदा स्याङ्तानको मृत्यु News Polar महिला कबड्डीमा नेपाललाई कम्तीमा कांस्य पदक पक्का News Polar बालेनको राष्ट्रसंघ सम्बोधनको अन्तरवस्तु र प्रस्तुती सही छ : बाबुराम भट्टराई News Polar ‘राष्ट्रसंघमा जलवायु न्यायको मुद्दा उठाउनु सकारात्मक, अब देशभित्र गृहकार्य आवश्यक’ News Polar बालेनको राष्ट्रसंघ सम्बोधनबारे बाँस्कोटा : ‘देशको भावना बोले’ News Polar यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल News Polar लगातार वर्षापछि तीन राजमार्गमा यातायात रोक, त्रिभुवन राजपथ सुचारु News Polar शाहको राष्ट्रसंघ सम्बोधनलाई योगेश भट्टराईले दिए सकारात्मक प्रतिक्रिया News Polar वर्षाको जोखिमलाई मध्यनजर गर्दै उच्च सतर्कतासहित तयारी अवस्थामा छौँः मन्त्री मेहता News Polar परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्री वोङबीच भेटवार्ता News Polar कालीगण्डकी करिडोर अवरुद्ध

छ वर्षदेखि निरन्तर तलबभत्ताबापतको रकम सामाजिक सेवामा

छ वर्षदेखि निरन्तर तलबभत्ताबापतको रकम सामाजिक सेवामा
अ अ+ अ-

लेखनाथ । गण्डकी प्रदेशसभा सदस्य विन्दुकुमार थापाले छ वर्षदेखि निरन्तर प्रदेशसभा सचिवालयबाट प्राप्त तलबभत्ता सामाजिक तथा विकास निर्माणका काममा खर्च गर्नुभएको छ । प्रदेश सभा सदस्यमा कास्की निर्वाचन क्षेत्र नं २ बाट दोस्रो पटक निर्वाचित थापा निरन्तर आफ्नो तलबभत्ता सामाजिक सेवामा खर्च गर्ने एक्लो सदस्य हुनुहुन्छ ।

नेपाल प्रेस युनियन कास्कीद्वारा आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा प्रदेशसभा सदस्य थापाले पछिल्लो एक वर्षमा सामाजिक क्षेत्रमा गरिएको खर्च विवरण सार्वजनिक गर्नुभएको हो । विसं २०७९ पुस २५ देखि २०८० पुससम्म गण्डकी प्रदेशसभाका विभिन्न मासिक तलब, बैठक भत्ताबाट प्राप्त रु आठ लाख ९६ हजार ६० र व्यक्तिगतरुपमा रु दुई लाख १६ हजार थप गरी जम्मा रु ११ लाख १२ हजार छ सय पाँच सामाजिक क्षेत्रमा खर्च गरिएको उहाँले बताउनुभयो । छ वर्षमा रु ७० लाखभन्दा बढी तलबभत्ता सामाजिक सेवामा खर्च गरेको उहाँले जानकारी दिनुभयो ।

सो अवसरमा थापाले निःस्वार्थरुपमा गरिने जनताको सेवाबाट आफू सन्तुष्ट रहेको र जनप्रतिनिधिको मूल उद्देश्य यही हुनुपर्ने बताउनुभयो । उहाँले जनप्रतिनिधि जनताको चाहनाअनुसार निःस्वार्थरुपमा चल्नुपर्नेमा जोड दिनुभयो ।

स्वास्थ्य, शिक्षा र विकास निर्माणका काममा तलबभत्ता खर्च गर्दै आएको भए पनि विशेषगरी पैसाको अभावमा उपचार गर्न नसक्ने बिरामीलाई पहिलो प्राथमिकतामा राखेर सहयोग गरेको प्रदेशसभा सदस्य थापाले जानकारी दिनुभयो । नेपाली कांग्रेसकोतर्फबाट निर्वाचित थापा उद्योगपति हुनुहुन्छ ।

क्यान्सर रोगबाट पीडित पोखरा–१५ का ओमबहादुर गुरुङ, पोखरा–१६ का राधा गायक, पोखरा–२० निर्मल बास्तोला र पोखरा–८ की लक्ष्मी छत्कुली तथा मुटुरोगी मिठु सर्किनीलगायत बिरामीलाई सहयोग गरेको थापाले दाबी गर्नुभयो ।

खानेपानी, बाटो निर्माण, आमासमूह, युवाक्लब, विद्यालय, समाजघर, सीपमूलक तालिम, भूकम्प प्रभावित तथा सिँचाइका क्षेत्रमा तलबभत्ता खर्च गर्ने गरेको थापाको भनाइ थियो । बाँकी चार वर्षको तलबभत्ता सामाजिक क्षेत्रमा नै खर्च गर्ने उहाँले प्रतिबद्धता जनाउनुभयो ।

प्रेस युनियन कास्कीका अध्यक्ष वासुदेव मिश्रको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बराल, वडा नं ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीलगायतण्ले भनाइ राख्नुभएको थियो । रासस