२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाललाई एक खेल अगावै सिरिज



अ+ अ-

काठमाडौँ । तीन खेलको एकदिवसीय सिरिज नेपालले जितेको छ । भर्खरै सम्पन्न खेलमा क्यानडालाई चार विकेटले हराउँदै नेपालले सिरिजमाथि कब्जा गरेको हो ।

योसँगै नेपालले सिरिजमा २–० को अग्रता समेत बनाएको छ । यसअघिको खेल नेपालले सात रनले जितेको थियो । अब अन्तिम खेल सोमबार हुनेछ ।

क्यानडाले दिएको २८६ रनको लक्ष्य पछ्याएको नेपालले ४५.१ ओभरमा ६ विकेटको क्षतिमा लक्ष्य भेट्टायो । नेपालको जितमा कप्तान रोहित पौडेल, देव खनाल र अनिल शाहले अर्धशतकीय पारी खेले ।

रोहितले ८७, देवले ७६ तथा अनिलले ५० रनको योगदान दिए । यस्तै, भिम सार्कीले २३, पवन सर्राफले १४ र आसिफ शेखले १० रन जोड्दा कुशल मल्ल र सोमपाल कामी ९–९ रनमा नटआउट रहे ।

क्यानडाका लागि बलिङतर्फ हर्ष ठाकेर र इश्वरजीत शोहीले २–२ विकेट लिँदा साद बिन जफर र दिलप्रीत सिंहले १–१ विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ थालेको क्यानडाले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २८५ रन जोड्यो । क्यानडाका लागि आरोन जोनसोनले अर्धशतकीय इनिङ्स खेले । उनले ६२ बलमा ६५ रन जोडे ।

यस्तै, नवनित धालिवालले ४६, श्रेयस मोभ्वाले ४०, पर्गात सिंहले ३८, निकोलास किर्तोनले २०, दिलप्रीत बजवाले १९ शाहिद अहमदजाईले १३ रन जोड्दा उदय भगवान २० रनमा नटआउट रहे ।

बलिङतर्फ नेपालका कुशल मल्ल र रोहित पौडेलले २–२ विकेट लिए भने आकाश चन्द, सोमपाल कामी, पवन सर्राफ र सुर्य तामाङले १–१ विकेट लिए ।