३ पुष २०८२, बिहीबार
,
Latest
ईश्वर पोखरेलद्वारा पराजयपछि मतदाताप्रति आभार व्यक्त, उठाएका मुद्दाले निरन्तरता पाउने विश्वास निजी क्षेत्रको मनोबल उच्च गर्न सरकार प्रतिवद्धः उद्योगमन्त्री सिन्हा एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ राजनीतिक यात्रा उपमेयर सुनिता डंगोल एमाले केन्द्रीय सदस्यमा निर्वाचित व्यापार गर्ने जिम्मा निजी क्षेत्रलाई दिनुपर्छ: निर्देशक शर्मा डाडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाः पाँच वर्षमा ७० प्रतिशतकाम सम्पन्न जेन–जी सम्झौतापछि निजी क्षेत्रमाथि आक्रमण गर्नेहरु कारबाहीमा पर्दैन की भन्ने संशय देखियोः ढकाल एमाले उपमहासचिवमा लेखराज, रघुवीर र योगेश विजयी एमाले उपाध्यक्षमा पृथ्वी ,विष्णु ,रामबहादुर,गोकर्ण र रघुजी बिजयी एमाले महासचिवमा शंकर पोखरेल विजयी
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाललाई एक खेल अगावै सिरिज



अ+ अ-

काठमाडौँ । तीन खेलको एकदिवसीय सिरिज नेपालले जितेको छ । भर्खरै सम्पन्न खेलमा क्यानडालाई चार विकेटले हराउँदै नेपालले सिरिजमाथि कब्जा गरेको हो ।

योसँगै नेपालले सिरिजमा २–० को अग्रता समेत बनाएको छ । यसअघिको खेल नेपालले सात रनले जितेको थियो । अब अन्तिम खेल सोमबार हुनेछ ।

क्यानडाले दिएको २८६ रनको लक्ष्य पछ्याएको नेपालले ४५.१ ओभरमा ६ विकेटको क्षतिमा लक्ष्य भेट्टायो । नेपालको जितमा कप्तान रोहित पौडेल, देव खनाल र अनिल शाहले अर्धशतकीय पारी खेले ।

रोहितले ८७, देवले ७६ तथा अनिलले ५० रनको योगदान दिए । यस्तै, भिम सार्कीले २३, पवन सर्राफले १४ र आसिफ शेखले १० रन जोड्दा कुशल मल्ल र सोमपाल कामी ९–९ रनमा नटआउट रहे ।

क्यानडाका लागि बलिङतर्फ हर्ष ठाकेर र इश्वरजीत शोहीले २–२ विकेट लिँदा साद बिन जफर र दिलप्रीत सिंहले १–१ विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ थालेको क्यानडाले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २८५ रन जोड्यो । क्यानडाका लागि आरोन जोनसोनले अर्धशतकीय इनिङ्स खेले । उनले ६२ बलमा ६५ रन जोडे ।

यस्तै, नवनित धालिवालले ४६, श्रेयस मोभ्वाले ४०, पर्गात सिंहले ३८, निकोलास किर्तोनले २०, दिलप्रीत बजवाले १९ शाहिद अहमदजाईले १३ रन जोड्दा उदय भगवान २० रनमा नटआउट रहे ।

बलिङतर्फ नेपालका कुशल मल्ल र रोहित पौडेलले २–२ विकेट लिए भने आकाश चन्द, सोमपाल कामी, पवन सर्राफ र सुर्य तामाङले १–१ विकेट लिए ।