२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसीसी वुमन्स प्रिमियर कपः नेपालले टस जितेर फिल्डिङ गर्दै



file photo: can
अ+ अ-

काठमाडौँ । एसीसी वुमन्स प्रिमियर कप–२०२४ को पहिलो खेलमा नेपालले हङकङविरुद्ध टस जितेर फिल्डिङ गर्ने भएको छ ।

मलेसियाको सेलांगुर टर्फ क्लबमा नेपालकी कप्तान इन्दु बर्माले टस जितेर पहिला फिल्डिङ रोजेकी हुन् । नेपालको प्लेइङ ११ मा डली भट्ट र कविता कुँवर फर्किएका छन् ।

नेपाल रहेको समूह डी मा हङकङ, भुटान र माल्दिभ्स छन् । प्रतियोगितामा नेपालसहित १६ देशको सहभागिता छ । हरेक समूहका शीर्ष दुई टोली क्वाटरफाइनलमा पुग्नेछन् ।

सेमिफाइनल हुँदै फाइनल खेल्ने दुई टोलीले यसै वर्ष हुने वुमन्स एसिया कपमा स्थान बनाउनेछन् । सेमिफाइनल पुग्ने चार टोलीले एसीसी इमर्जिङ टिम्स एसिया कप २०२५ खेल्नेछन् ।