२ पुष २०८२, बुधबार
,
Latest
वैदेशिक लगानी प्रतिवद्धता प्रत्येक महिना बढ्दोः पाँच महिनामै ३८ अर्ब ५९ करोडको प्रतिवद्धता घरमा ढुङ्गा खस्दा चार जना घाइते कम्बोडियाको सीमा क्षेत्रमा भएको झडपमा १७ जनाको मृत्युः मन्त्रालय जापानिज ‘इन्सेफ्लाइटिस’बाट पाँच महिनामा छ जनाको मृत्यु दिउँसैसम्म हुस्सु–कुहिरो लाग्न थालेपछि चिसो ह्वात्तै बढ्यो युके पठाउने भन्दै रु ५२ लाख ठगी गर्ने एक जना पक्राउ जेन–जीहरुले स्वर परिवर्तन गर्न थालेः मेयर महर्जन नेपाल सरकार र एडीबीबीच सार्वजनिक वित्त व्यवस्थापन सुदृढीकरणसम्बन्धी ऋण सम्झौता नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौँः प्रधानमन्त्री कार्की एमाले महाधिवेशनः मतदान जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाललाई सिरिज जित्ने मौका



अ+ अ-

काठमाडौँ । क्यानडाविरुद्धको तीन खेलको एकदिवसीय सिरिज अन्तर्गत नेपालले आज दोस्रो खेल खेल्दैछ ।

नेपाल र क्यानडाबीचको खेल त्रिवि क्रिकेट मैदानमा बिहान ९ः१५ बजे सुरु हुनेछ । नेपाललाई आजको खेल जितेर सिरिज जित्ने अवसर छ भने अर्कोतर्फ क्यानडालाई आजको खेल जितेर बराबरी गर्ने मौका छ ।

यसअघि बिहिबार भएको पहिलो खेलमा नेपाल सात रनले विजयी भएको थियो । सन् २०१८ मा पहिलो पटक एकदिवसीय मान्यता पाएपछि नेपालले क्याडनासँग पहिलो पटक एकदिवसीय औपचारिक खेल खेल्न लागेको हो । साथै, आइसिसी विश्वकप लिग–२ को तयारी स्वरुप नेपालले क्यानडासँग खेल्न लागेको हो ।

क्यानडाले पनि मार्चदेखि संयुक्त अरब इमिरेट्स (युएई)मा आइसिसी क्रिकेट विश्वकप लिग–२ को सुरुवात गर्दैछ । त्यसका लागि क्यानडा नेपाल आएको हो ।

दुई टोलीबीचको तेस्रो तथा अन्तिम खेल आगामी सोमबार हुनेछ ।