२ पुष २०८२, बुधबार
,
Latest
किराँत राईको धर्मसंस्कृति र परम्परा झल्काउने पार्क निर्माण जनताले बिकल्प खोजेका छन् , राष्ट्रबादी शक्ति नै अबको बिकल्प – कमल थापा पोखरा महानगरपालिका स्थापना दिवसः ‘पोखरेली नवरत्न’बाट नौ जना सम्मानित भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’ मन्त्री कुलमान घिसिङबाट बर्दिया—कैलाली जोड्ने दौलतपुरघाट पुलको शिलान्यास एमाले नेतृत्व चयनका लागि मतदान समय ८ बजेसम्म थप जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालले क्यानडालाई दियो २२५ रनको लक्ष्य



अ+ अ-

काठमाडौँ । तीन एकदिवसीय सिरिजअन्तर्गत पहिलो खेलमा नेपालले क्यानडालाई २२५ रनको लक्ष्य दिएको छ । त्रिवि मैदान किर्तिपुरमा टस जितेर ब्याटिङ थालेको नेपालले ५० ओभरमा ९ विकेटको क्षतिमा २२४ रन जोड्यो ।

नेपालका लागि कुशल भुर्तेलले ६२ रनको योगदान दिए । ५८ बल खेलेका उनले नौ चौका र एक छक्का प्रहार गरे । यस्तै, आरिफ शेखले ५० बलमा ३८, सोमपाल कामीले २३ बलमा २७, कुशल मल्लले ३२ बलमा २०, पवन सर्राफले ३४ बलमा १५, भिम सार्कीले २६ बलमा १७ रन जोड्दा सुर्य तामाङ १० रनमा अविजित रहे ।

बलिङतर्फ क्यानडाका उदय भगवानले ३, साद बिन जफर र इश्वरजोत सोहीले २–२ विकेट लिँदा शाहिद अहमदजाई र हर्ष ठाकेरले १–१ विकेट लिए ।

सन् २०१८ मा पहिलो पटक एकदिवसीय मान्यता पाएपछि नेपालले क्याडनासँग पहिलो पटक एकदिवसीय औपचारिक खेल खेल्न लागेको हो । साथै, आइसिसी विश्वकप लिग–२ को तयारी स्वरुप नेपालले क्यानडासँग खेल्न लागेको हो ।

क्यानडाले पनि मार्चदेखि संयुक्त अरब इमिरेट्स (युएई) मा आइसिसी क्रिकेट विश्वकप लिग–२ को सुरुवात गर्दैछ । त्यसका लागि क्यानडा नेपाल आएको हो ।

नेपालले दोस्रो खेल शनिबार र तेस्रो तथा अन्तिम खेल आगामी सोमबार खेल्नेछ ।