२ पुष २०८२, बुधबार
,
Latest
किराँत राईको धर्मसंस्कृति र परम्परा झल्काउने पार्क निर्माण जनताले बिकल्प खोजेका छन् , राष्ट्रबादी शक्ति नै अबको बिकल्प – कमल थापा पोखरा महानगरपालिका स्थापना दिवसः ‘पोखरेली नवरत्न’बाट नौ जना सम्मानित भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’ मन्त्री कुलमान घिसिङबाट बर्दिया—कैलाली जोड्ने दौलतपुरघाट पुलको शिलान्यास एमाले नेतृत्व चयनका लागि मतदान समय ८ बजेसम्म थप जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘अभ्यास हातेमालो’को छैटौँ संस्करण सुरु



अ+ अ-

काठमाडौँ । नेपाली सेनाको अगुवाइमा विपद् व्यवस्थापनलाई व्यवस्थित तथा प्रभावकारी बनाउन यससँग सरोकार राख्ने सरकारी तथा गैरसरकारी निकायको सहभागितामा तीनदिने एकीकृत अभ्यास ‘अभ्यास हातेमालो’को छैटौँ संस्करण आजदेखि सुरु भएको छ ।

जङ्गी अड्डामा उक्त अभ्यासको उद्घाटन गर्दै बलाधिकृत रथी अशोकराज सिग्देलले विपद् प्रतिकार्य तथा न्यूनीकरणमा सरोकारवाला निकायबीच एकीकृत एवं समन्वयात्मक रूपमा काम गर्न अभ्यास उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले अभ्यास हातेमालोले विपद् प्रतिकार्यसँग सम्बद्ध निकायबीचको एकता र व्यावसायिक क्षमता अभिवृद्धि गर्न टेवा पुग्नुको साथै विपद् प्रतिकार्य क्षमतालाई सशक्त तुल्याउन मद्दत पुग्ने बताउनुभयो ।

राष्ट्रियस्तरमा विपद् व्यवस्थापनका क्षेत्रमा भइरहेका गतिविधिको समीक्षा, प्रतिकार्य क्षमता अभिवृद्धि र सरोकारवाला निकायबीच समन्वय तथा सहकार्यलाई प्रभावकारी बनाउने उद्देश्यले २०७५ सालदेखि अभ्यास हातेमालो सञ्चालन हुँदै आइरहेको छ ।

मन्त्रालयलगायत सरकारी निकायका प्रतिनिधि, संयुक्त राष्ट्रसङ्घीय निकाय, नेपाल रेडक्रस सोसाइटीलगायत गैरसरकारी संस्थाका प्रतिनिधि, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा राष्ट्रिय अनुसन्धान विभागका प्रतिनिधि सहभागी हुनुहुन्थ्यो । रासस