९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने News Polar रोशी खोलाको अस्थायी डाइभर्सन बाढीले बगाएपछि बीपी राजमार्ग अवरुद्ध News Polar सुनचाँदीको मूल्य घट्यो News Polar काठमाडौं उपत्यकासहित देशभर अविरल वर्षाः तटीय क्षेत्रमा उच्च शतर्कता (तस्बिरसहित) News Polar मनसुनजन्य विपद्: अझै तर्सिरहन्छ टीकाभैरव News Polar नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध News Polar विश्व फार्मासिस्ट दिवस : स्वस्थ भविष्यका लागि फार्मासिस्टलाई सशक्त बनाउन जोड News Polar उच्च सतर्कता अपनाउन मुख्यमन्त्री थापाको अपिल News Polar कुलेखानी ड्याममा पानी बढे साइरन बजाएर पूर्वसूचना दिइने News Polar वर्षाका कारण फोहर व्यवस्थापन प्रभावित हुन सक्ने, घरमै राख्न महानगरको आग्रह News Polar कृष्णभीरमा वैकल्पिक सडकमाथि थपियो जोखिमः त्रिशूलीको कटानले नयाँ ट्रयाक पनि संकटमा News Polar विपद् प्रतिकार्यका लागि उच्च सतर्कता अपनाउन लुम्बिनी प्रदेश सरकारकाे आग्रह News Polar काठमाडौँ तथा भरतपुर जाने खण्डमा पहिरोः यातायात प्रभावित News Polar भोटेकोशी बाढी विश्वकै लागि पनि चेतावनी होः प्रधानमन्त्री News Polar बेनी–जोमसोम–कोरला सडकमा राति गाडी चलाउन नपाइने News Polar मकवानपुरको सिमातखोलाले बगाउँदा स्याङ्तानको मृत्यु News Polar महिला कबड्डीमा नेपाललाई कम्तीमा कांस्य पदक पक्का News Polar बालेनको राष्ट्रसंघ सम्बोधनको अन्तरवस्तु र प्रस्तुती सही छ : बाबुराम भट्टराई News Polar ‘राष्ट्रसंघमा जलवायु न्यायको मुद्दा उठाउनु सकारात्मक, अब देशभित्र गृहकार्य आवश्यक’ News Polar बालेनको राष्ट्रसंघ सम्बोधनबारे बाँस्कोटा : ‘देशको भावना बोले’

क्यानडाविरुद्ध उत्कृष्ट प्रदर्शन गर्ने नेपालको लक्ष्य

क्यानडाविरुद्ध उत्कृष्ट प्रदर्शन गर्ने नेपालको लक्ष्य
अ अ+ अ-

काठमाडौँ । नेपालले क्यानडासँग बिहीवारदेखि शुरु हुने एकदिवसीय क्रिकेट श्रृंखलामा उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्य राखेको छ ।

आइसिसी विश्वकप लिग–२ को तयारी स्वरुप खेल्न लागेको श्रृंखलामा नेपालले उत्कृष्ट क्रिकेट खेल्ने लक्ष्य राखेको छ । नेपालले क्यानडासँग तीन खेलको श्रृंखला खेल्दैछ । सो श्रृंखलाको पहिलो खेल बिहीवारदेखि शुरु हुँदैछ । नेपाली क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले अधिकांशले प्रधानमन्त्री कप खेलेकाले तयारी छोटो रहेको उल्लेख गर्दै पछिल्लो दुई दिनमा टोलीले पनि योजनाअनुरूप काम गरेको बताए । उनले प्रधानमन्त्री सबै खेलाडीसँग आफू सम्पर्कमा नै रहेको र अहिलेसम्म सबै खेलाडी फिट पनि रहेकाले राम्रो क्रिकेट खेल्ने बताए ।

नेपालले दोस्रो खेल शनिबार र तेस्रो तथा अन्तिम खेल आगामी सोमवार खेल्नेछ । नेपाली क्रिकेट टोलीका प्रशिक्षक मोन्टी देसाईले घरेलु प्रतिष्पर्धा प्रधानमन्त्री कप क्रिकेटबाट खेलेकाले टोली राम्रो रहेको बताए । केही नयाँ खेलाडी पनि रहे पनि उनीहरू दुई दिनभित्र ह्याप्पी ड्रेसिङ रुममा राम्रोसँग श्रृंखलाका लागि तयार रहेको बताए । नेपालका पूर्वप्रशिक्षक पुबुदु दसानायकेको प्रशिक्षणमा रहेको क्यानडा अनुभवी केही खेलाडीबिना नै नेपाल आएको छ । क्यानडाले पनि मार्चदेखि संयुक्त अरब इमिरेट्स (युएई) मा आइसिसी क्रिकेट विश्वकप लिग–२ को शुरुवात गर्दैछ । त्यसका लागि क्यानडा नेपाल आएको हो ।

यद्यपि, क्यानडामा अधिकांश नयाँ टोली छन् । क्यानडाका कप्तान साद बिन जफरले विश्वकप लिग–२ को तयारीका लागि नेपाल नै राम्रो स्थान र टोली रहेको उल्लेख गर्दै यो श्रृंखलामा राम्रो क्रिकेट खेल्ने धारणा राखे । केही अनुभवी खेलाडी चोटका कारण टोलीसँग बाहिर रहेको उल्लेख गर्दै अहिले टोलीमा ६ नयाँ खेलाडी समावेश भएको बताए । अहिले टोली निर्माण प्रक्रियामा रहेकाले यो टोलीबाट धेरै आशा पनि राखेको उनको भनाइ छ । क्यानडाका प्रशिक्षक दसानायकेले एक दशक अगाडि क्यानडा धेरै राम्रो टोली रहेको उल्लेख गर्दै पछिल्ला समय टोली राम्रो लयमा फर्किएको धारणा राखे ।

अहिले राम्रो टोली रहेकोले नै आइसिसी विश्वकप लिग–२ को सर्कलमा परेको धारणा राख्दै युएई जानुअघि आफ्नो टोलीलले राम्रो तयारी गर्ने बताउनु भयो । उनले नेपालसँग क्यानडाले धेरैभन्दा धेरै क्रिकेट खेल्ने राम्रो सम्बन्ध स्थापना गर्ने पनि धारणा राखे । पुबुदुले पछिल्ला समय नेपाली क्रिकेटले धेरै प्रगति गरिरहेको र ती सबै खेल आफूले हेरेको पनि उल्लेख गर्नुभयो । नेपालसँग आफ्नो छट्ुटै सम्बन्ध रहेको उल्लेख गर्दै उनले नेपालमा जुनसुकै जिम्मेवारीमा रहेर फर्किंदा खुसी लाग्ने धारणा राखे ।

नेपाली क्रिकेट टोलीका कप्तान रोहितले क्यानडासँग खेलका लागि केही नयाँ खेलाडीका लागि अवसर हुने धारणा राखे । क्यानडासँगको खेलका लागि रोहितको कप्तानीमा कुशल भुर्तेल, आसिफ शेख, देव खनाल, कुशल मल्ल, भीम सार्की, आरिफ सेख, पवन सर्राफ, सोमपाल कामी, हेमन्त धामी, रिजन ढकाल, सूर्य तामाङ, ललितनारायण राजवंशी, आकाश चन्द र अनिल साह छन् । यु–१९ विश्वकपमा राम्रो प्रदर्शन गरेपछि कप्तान देव र आकाश चन्दले टोलीमा अवसर पाएका हुन् । पवन सर्राफ, सूर्य तामाङ, अनिल साहले प्रधानमन्त्री कप एकदिवसी क्रिकेटमा राम्रो प्रदर्शन गरेपछि क्यानडासँगको श्रृंखलामा अवसर पाएका हुन् ।