• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   तिलगंगा आँखा अस्पताल अब विश्वविद्यालय ! ★   लगातार दोस्रो जितसहित अर्जेन्टिना कोपा अमेरिकाको क्वाटरफाइनलमा ★   नेपाल आइडल करण परियारलाई प्रधानमन्त्री दाहालको गितार उपहार ★   लमजुङमा पहिरोले तीन घर पुरिँदा चारजना बेपत्ता ★   कास्कीमा पहिरोमा परेर दुई बालबालिकाको मृत्यु, एक घाइते ★   ट्रक पार्किङ स्थल निर्माणका लागि कोशी प्रदेश सरकारले छुट्यायो दुई करोड ★   विजुलीका पोलमा जताततै ‘सवि’ ! के होला त्यो ? ★   दोस्रो चरणको छानबिनका क्रममा २० जना पक्राउ, १५ अझै फरार ★   कोपा अमेरिकाः क्यानडाले पेरुलाई हरायो ★   युरो कपः इंग्ल्यान्ड समूह विजेता र डेनमार्क उपविजेता बनेर नकआउट चरणमा

राजा चार्ल्सको क्यान्सर उपचारका समयमा राजकुमार विलियमले शाही जिम्मेवारी लिने



लण्डन । पिता तथा राजा चाल्र्स तृतीयको क्यान्सरको उपचार भइरहेको र श्रीमतीको शल्यक्रियापछि आराम गर्नुपर्ने भएपछि बेलायती राजकुमार विलियमले बुधबारदेखि शाही जिम्मेवारीको थप भार बहन गर्नुपरेको छ ।

राजाको एक्कासी क्यान्सर निदानका लागि अस्पतालमा भर्ना हुनुपर्ने र क्याथरिनको पेटको अपरेशन भएकोले विलियमलाई थप शाही बोझको काँधमा आएको हो ।

चाल्र्सका जेठा छोरा तथा सिंहासनका उत्तराधिकारी ४१ वर्षीय विलियमले आफ्नी पत्नी तथा वेल्सकी राजकुमारी क्याथरिनको र उनीहरूका तीन छोराछोरीको हेरचाहका लागि सार्वजनिक कार्यक्रम स्थगित गरेका थिए ।

राजाको स्वास्थ्य उपचारका लागि दरबारको नियमित जिम्मेवारीको बोझ कम गर्ने निर्णयसँगै विलियम बुधबारदेखि काममा फर्किनुुभएको हो ।

उहाँले आफ्नो बुबाको उपचारका क्रममा चाल्र्सका केही कर्तव्यहरू पनि सम्हाल्ने अपेक्षा गरिएको छ । उपचारका क्रममा राजा चाल्र्सको कतिपय सेवा सम्पादन गर्न राजकुमारी एनी र चाल्र्सकी पत्नी रानी क्यामिलाले भार साझेदारी गर्नुहुनेछ ।

बकिङ्घम प्यालेसले ७५ वर्षीय राजालाई कुन प्रकारको क्यान्सर भएको छ भन्नेबारे केही बताएको छैन, यद्यपि यो प्रोस्टेट क्यान्सर नभएको बुझिएको छ ।

बेलायतका प्रधानमन्त्री ऋषि सुनकले राजाको स्वास्थ्यबारे सार्वजनिक सन्देशमा समस्या ‘छिट्टै नै पत्ता लागेको’ बताउनुभएको थियो ।

सन् २०२२ सेप्टेम्बर ८ मा राजा चाल्र्सकी ९६ वर्षीया आमा एलिजाबेथ द्वितीयको निधन भएको र उहाँको शासनकालको १७ महिनापछि उहाँलाई यो समस्या रहेको पत्ता लागेको हो ।