९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar विश्व फार्मासिस्ट दिवस : स्वस्थ भविष्यका लागि फार्मासिस्टलाई सशक्त बनाउन जोड News Polar उच्च सतर्कता अपनाउन मुख्यमन्त्री थापाको अपिल News Polar कुलेखानी ड्याममा पानी बढे साइरन बजाएर पूर्वसूचना दिइने News Polar वर्षाका कारण फोहर व्यवस्थापन प्रभावित हुन सक्ने, घरमै राख्न महानगरको आग्रह News Polar कृष्णभीरमा वैकल्पिक सडकमाथि थपियो जोखिमः त्रिशूलीको कटानले नयाँ ट्रयाक पनि संकटमा News Polar विपद् प्रतिकार्यका लागि उच्च सतर्कता अपनाउन लुम्बिनी प्रदेश सरकारकाे आग्रह News Polar काठमाडौँ तथा भरतपुर जाने खण्डमा पहिरोः यातायात प्रभावित News Polar भोटेकोशी बाढी विश्वकै लागि पनि चेतावनी होः प्रधानमन्त्री News Polar बेनी–जोमसोम–कोरला सडकमा राति गाडी चलाउन नपाइने News Polar मकवानपुरको सिमातखोलाले बगाउँदा स्याङ्तानको मृत्यु News Polar महिला कबड्डीमा नेपाललाई कम्तीमा कांस्य पदक पक्का News Polar बालेनको राष्ट्रसंघ सम्बोधनको अन्तरवस्तु र प्रस्तुती सही छ : बाबुराम भट्टराई News Polar ‘राष्ट्रसंघमा जलवायु न्यायको मुद्दा उठाउनु सकारात्मक, अब देशभित्र गृहकार्य आवश्यक’ News Polar बालेनको राष्ट्रसंघ सम्बोधनबारे बाँस्कोटा : ‘देशको भावना बोले’ News Polar यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल News Polar लगातार वर्षापछि तीन राजमार्गमा यातायात रोक, त्रिभुवन राजपथ सुचारु News Polar शाहको राष्ट्रसंघ सम्बोधनलाई योगेश भट्टराईले दिए सकारात्मक प्रतिक्रिया News Polar वर्षाको जोखिमलाई मध्यनजर गर्दै उच्च सतर्कतासहित तयारी अवस्थामा छौँः मन्त्री मेहता News Polar परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्री वोङबीच भेटवार्ता News Polar कालीगण्डकी करिडोर अवरुद्ध

संसदमा कानून निर्माणको काममा ध्यान केन्द्रित गर्न पार्टीका सांसदहरुलाई जसपाको निर्देशन

संसदमा कानून निर्माणको काममा ध्यान केन्द्रित गर्न पार्टीका सांसदहरुलाई जसपाको निर्देशन
अ अ+ अ-

काठमाडौँ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) ले संसदमा कानून निर्माणको काममा ध्यान केन्द्रित गर्न पार्टीका सांसदहरुलाई निर्देशन दिएको छ ।

मंगलवार अपरान्ह सिंहदरबारमा बसेको जसपा पार्टी संसदीय दलको बैठकले संसदको चालु अधिवेशनमा कानून निर्माणको काममा केन्द्र्र्रित हुनेगरी संसदका आफ्नो सशक्त उपस्थिति देखाउन पार्टीका सांसदहरुलाई निर्देशन दिएको हो । कानून निर्माणको काममा पार्टीका सांसदहरुलाई केन्द्रित हुन बैठकले निर्देश गरेको प्रमुख सचेतक प्रदीप यादवले जानकारी दिनुभयो । बैठकमा सांसदहरुलाई संसदले जारी गरेको क्यालेण्डरअनुसार उपस्थित हुन पनि सचेत गराएको थियो ।

प्रमुख सचेतक यादवले भन्नुभयो, ‘आज संसदीय दलको बैठकमा जुन हिउँदे अधिवेशन हिजोबाट शुरु भएको छ । त्यो अधिवेशनको बारेमा छलफल भयो । अरु समसामयिक विषय पनि छलफल भयो । अब हिउँदे अधिवेशनमा जनता समाजवादी पार्टीको भूमिका कस्तो रहने, जनता समाजवादी पार्टीका सांसदहरुको भुृमिका कस्तो रहने ? अनि जनता समाजवादी पार्टीका सांसदहरुले अधिकभन्दा अधिक समितिहरुमा भाग लिएर विधेयकहरु बनाउने र संसदमा चाहीँ अधिकभन्दा अधिक उपस्थित हुने यो विषयमा हाम्रो छलफल रह्यो । र, यही विषयमा हाम्रो निर्णयहरु पनि भयो ।

अव हिउँदे अधिवेशन सुरु भएको छ । हिउँदे अधिवेशनको जुन क्यालेन्डर जारी भएको छ । त्यो क्यालेण्डर अनुसार हामीले बढिभन्दा बढि उपस्थित हुने र विधेयकमा भाग लिने, कानून बनाउन भाग लिने । अनि यो खास गरेर जनता समाजवादी पार्टीको जुन भुमिका हुन्छ । त्यो आफ्नो देखाउने । बैठकमा चुरे संरक्षणको विषयमा चर्चा भयो । अहिले सरकारले एउटा वन ऐन ल्याइराखेको छ । त्यो विषयमा पनि गम्भिर छलफल भयो ।’

बैठकमा सांसदहरु चुरे क्षेत्रको संरक्षणबारे चासो र चिन्ता पनि व्यक्त गरेका थिए । त्यसैगरी उनीहरुले सरकारले हालै ल्याएको वन ऐनका सम्बन्धमा पनि गम्भिर चासो लिएको पनि पार्टीका प्रमुख सचेतक यादवले बताउनु भयो ।