१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित News Polar ‘बागमती प्रदेश सरकारको मुख्य प्राथमिकता भोटेकोशी क्षेत्र पुनःस्थापना’ News Polar चाडपर्व लक्षित विशेष अभियान सञ्चालन गर्दै ट्राफिक प्रहरी News Polar पछिल्लो २४ घण्टामा दुई सय ७२ विपद्का घटना, २१ जनाको मृत्यु News Polar एसियाड टेनिस : शिभाली–स्वस्तिका जोडी पहिलो चरणमै पराजित News Polar पूर्वप्रधानन्यायाधीश जबरालाई मध्यरातमा नियन्त्रणमा लिएको भन्दै सांसद मल्लको आपत्ति News Polar व्यक्तिगत इगोका लागि राज्यसत्ताको दुरुपयोग भइरहेको छ : ज्ञानबहादुर शाही News Polar थेबेको आरोप– ‘राज्यकै नाममा गुण्डागर्दी भयो, सरकार अराजकता निम्त्याउँदैछ’ News Polar ६ महिनाको सुत्केरी बिदालाई कर्मचारी सुविधाका रूपमा मात्र हेर्न नहुने : मन्त्री मेहता News Polar बाढीपहिरोले २७ जलविद्युत आयोजना प्रभावित, करिब १ हजार मेगावाट उत्पादन प्रणालीबाट बाहिर News Polar काठमाडौं उपत्यकाबाहिर केन्द्रिय वधशाला बनाउन माग News Polar पशु वधशाला नभएका क्षेत्रमा तोकिएको स्थान र समयमा मात्र पशु वध गर्नुपर्ने News Polar सुक्खायाममा १ हजार १५४ मेगावाट विद्युत् भारतबाट आयात गर्ने प्राधिकरणको योजना News Polar वर्षा र बाढीपहिरोको कारण प्रभावित भएको विद्युत आपूर्ति मंगलवारसम्म देशभर सुचारु हुने News Polar मंसिर १ देखि काठमाडौं उपत्यकामा पशु वधशाला तथा मासु जाँच ऐन लागू गरिने News Polar मस्र्याङ्दीमा तत्काल ठूलो बाढीको जोखिम छैन News Polar हिमलुङ हिमपहिरोमा परी गोरखाका दुई जना बेपत्ता News Polar टिमुरेको टेलिफोन टावरमा सोलार प्रणाली जडान, डिजेल ढुवानीको बाध्यता हट्यो News Polar साढे तीन महिनापछि सुकेटारमा हवाई उडान News Polar राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष

धेरै विधेयकहरु पारित गर्नुपर्ने दबाबमा संसद र सरकार, सांसदहरुको आफ्नै तयारी

धेरै विधेयकहरु पारित गर्नुपर्ने दबाबमा संसद र सरकार, सांसदहरुको आफ्नै तयारी
अ अ+ अ-

काठमाडौँ । सोमवारदेखि संघीय संसदको हिउँदे अधिवेशन शुरु भयो । प्रतिनिधि सभाको आगामी बैठक बुधवार बस्नेगरी बोलाइएको छ । भोलिको बैठकमा दलका शिर्ष नेताहरुले बोल्ने सम्भावित कार्यसूचि रहेको छ । विधेयक अधिवेशनको रुपमा रहेको यस हिउँदे अधिवेशनबाट धेरैभन्दा धेरै विधेयकहरु पारित गर्नुपर्ने दबाबमा संसद र सरकार दुवै छन् । किनभने संविधान कार्यान्वयनसँग जोडिएका कयौँ विधेयकहरु पारित हुन सकेका छैनन् । यस अधिवेशनमा प्रश्तुत हुनका लागि सांसदहरुले पनि आ–आफ्नो प्रकारको तयारी गरिरहेका छन् । यस अधिवेशनमा के–कस्ता विषयहरु उठाउने योजना सांसदहरुले बनाइरहेका छन् त ? न्युज एजेन्सी नेपालले केही सांसदहरुको तयारीको बारेमा प्रश्न गरेको छ:

नेकपा(एमाले)का प्रमुख सचेतक पदम गिरीले विकास निर्माणका कामहरु अस्तव्यस्त भएको र सुशासन कायम हुन नसकेको भन्दै यसतर्फ आफूले आवाज उठाउने बताउनु भयो । उहाँले राष्ट्रिय हितका सवालहरु ओझेलमा परेका भन्दै यो विषयलाई पनि प्राथमिकता दिने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘सम्पूर्ण विकास निर्माणका काम अस्तव्यस्त छ । सुशासनको क्षेत्रमा भन्नुहुन्छ भने ९९ वर्षलाई पुरातात्विक क्षेत्र नै कुनै व्यक्तिका नाममा दिने सम्मका षड्यन्त्र भएका छन् । देशको सम्पती लुट्ने काम भएको छ । सरकार यति धेरै लुटमा उत्रियो कि सरकारले लुटहरुलाई संरक्षण गर्ने मात्रै होइन आफैँ संलग्न भएर लुटमा आएको छ । त्यसो भएको हुनाले देशको रक्षाको लागि पनि हामी बोल्नुपर्ने छ । हाम्रो राष्ट्रिय हितका सवालहरु अहिले असाध्यै ओझेलमा परेका छन् । हामी छिमेकीहरुसँग विभिन्न राष्ट्रहरुसँग राष्ट्रिय हित विपरित सम्झौता गर्दै अगाडी बढेका छौँ । यस कुरालाई पनि सघन ढंगले उठाउँछौँ ।’

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले यस अधिवेशनमा कानूनहरु बनाउनका लागि आफ्नो विशेष भुमिका रहने बताउनु भयो । उहाँले जनताको जिवनसँग जोडिएका सरोकारका विषयहरुमा पनि पहरेदारी गर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘विगतमा चाहेर पनि हामीले राजनीतिक पार्टीको हिसावमा, संविधानमा व्यवस्था भएका कुराहरु, जनतालाई अधिकार सम्पन्न बनाउने कुरामा हामीले चाहेर पनि सरकारका कारणले धेरै विधेयक आउन सकेन । यद्यपी हामीले सधैँ प्रयास गर्‍यौँ । त्यो खालको पहलकदमी हामीले लियौँ । विधेयक थोरै आयो । तर राष्ट्रिय स्वतन्त्र पार्टीको भुमिका महत्वपूर्ण थियो । यो अधिवेशनमा अझ विशेषगरी हामी एकातिर कानून बनाउने, त्यसमा विशेष भुमिका खेल्ने । अर्कोकुरो दिनानुदिन जनताको जीवनसँग जोडिएका कुराहरु, महंगी लगायतका यावत कुराहरुमा हामी एकदमै राम्रोसँग पहरेदारी गर्नेछौँ ।’

जनता समाजवादी पार्टीका सांसद प्रदीप यादवले संसदमा जलवायु परिवर्तनका असरहरुको सम्बन्धमा कुरा उठाउने तयारी रहेको बताउनु भयो । उहाँले तराईमा पानीको सतहमा समेत असर परिरहेको भन्दै यसतर्फ संसदमार्फत ध्यानाकर्षण गराउने बताउनु भयो । उहाँले चुरे संरक्षण नभइरहेको र भुमाफियाहरुको चलखेल भइरहेको भन्दै यो विषयलाई पनि मुद्दा बनाउने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘पार्टीले निर्णय गरेको कुरा पनि उठाउने । अहिले जलवायु परिवर्तनको कुराहरु उठाउनु जरुरी छ । जलवायु परिवर्तनले गर्दा मधेसमा पानीको सतह सय फिटमा थियो । अहिले चारसय फिटमा पनि पानी पाइरहेको छैन । यो सबै जलवायु परिवर्तनको कारण हो । चुरे संरक्षण भइरहेको छैन । भुमाफियाहरुको चलखेल भइरहेको छ । त्यसको मुद्दा उठाउने । हिमाल पग्लिरहेको छ । यस्तो मुद्दा उठाउने ।’

नेकपा(एमाले)का सांसद सूर्यप्रसाद ढकालले सरकारले राष्ट्र र जनताप्रति जवाफदेही भएर काम गर्न नसकेकाले सरकारलाई नियन्त्रण र सन्तुलनमा राख्ने बताउनु भयो । उहाँले धेरैभन्दा धेरै कानुनहरु बनाउनका निम्ति सरकारलाई दबाब दिने बताउनु भयो । सामाजिक सद्भाव र सामाजिक एकता खल्बल्लिइरहेको भन्दै उहाँले यस विषयमा पनि बोल्ने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘गठबन्धन सरकारले राष्ट्र र जनताप्रति जवाफदेही भएर काम गर्न सकेन । राष्ट्रिय स्वाधिनताको आन्दोलन कमजोर बनेको छ । जनजीविकाको सवाल त्यस्तै जर्जर छ । सामाजिक सद्भाव र सामाजिक एकता खल्बल्लिएको छ । जनताको सरोकारका मुद्दाहरु एकपछि अर्को गर्दै ओझेलमा परेका छन् । विकास निर्माणका कामहरु ठप्प छन् । यो हिउँदे अधिवेशनमा जनताका मुद्दाहरुलाई प्रभावकारी ढंगले उठाउने । कानूनहरु बनाउनको निम्ति सरकारलाई दबाब दिने । र सरकारलाई नियन्त्रण र सन्तुलनमा राख्ने ।’

नेकपा(माओवादी केन्द्र)का सांसद अमनलाल मोदीले सरकारले ल्याउने महत्वपूर्ण विधेयकहरुलाई पारित गर्न सशक्त भुमिका खेल्ने बताउनु भयो । उहाँले जनजिविका र सार्वजनिक महत्वको विषयमा पनि आवाज उठाउने बताउनु भयो । भ्रष्टाचारको विषयमा पनि आफूले कुरा उठाउने उहाँको भनाई छ ।

उहाँले भन्नुभयो – ‘महत्वपूर्ण विधेयकहरु पेश हुन्छ । त्यसमा हामी सशक्त भुमिका खेल्छौँ । जनता र राष्ट्रको पक्षमा कानुन बनाउनको निम्ति भुमिका खेल्छौँ । धेरै सार्वजनिक महत्वको विषय उठाउनुपर्ने छन् । जनजिविकाको सवालमा जनताले कयौँ कुराहरुमा राहत पाइराखेका छैनन् । यि कुराहरु उठाउँछौँ । भ्रष्टाचारको कुराहरु उत्तिकै उठिराखेका छन् । हामी सत्तारुढ दलका सांसदहरु कतै दलबाट निरिहता प्रकट गरिराख्ने भन्ने होइन कि माओवादीका सांसदहरु सशक्त रुपमा यस्ता कुराहरुलाई उठाउँछौँ र सरकारलाई घच्घच्याउने काम गर्छौ ।’

नेपाली काँग्रेसका सांसद सन्तोष चालिसेले जनताको पक्षमा कानून बनाउन भुमिका निर्वाह गर्ने बताउनु भयो । उहाँले कानून निर्माणको निम्ति जनताले महशुस गर्नेगरी काम गर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘विधेयकको छलफलमा भाग लिने । आफ्नो र पार्टीको कुरा राख्ने । जनताको पक्षमा संशोधन गर्नुपर्छ भने संशोधन गर्ने । विधेयकलाई पास गरेर यो पटक धेरै भन्दा धेरै विधेयक पारित गर्ने लक्ष्य र फुर्तिका साथ जनताले महशुस गर्नेगरी काम गर्नुपर्छ भन्ने मान्यताका साथ हामी अघि बढ्छौँ ।’

नेकपा(माओवादी केन्द्र)की सांसद विमला सुवेदीले संघीयता कार्यान्वयनसँग सम्बन्धित विधेयकहरु पारित गर्ने कुरामा आफ्नो प्राथमिकता रहने बताउनु भयो । त्यस्तै अन्य सबै विधेयकलाई पारित गर्ने कुरामा नै अधिवेशनभरमा जोड दिइने उहाँले बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘मुख्यत्: हामीले कानून निर्माणको कुरालाई नै पहिलो प्राथमिकतामा राख्छौँ । संघीयता कार्यान्वयनसँग सम्बन्धित विधेयकहरु पनि अझसम्म पास हुन सकिराखेको छैन । त्यसकारण विधेयकहरुलाई पास गर्ने कुरामा नै पहिलो प्राथमिकतामा रहन्छ । मेरो व्यक्तिगत रुपमा पनि पहिलो प्राथमिकतामा त्यही रहन्छ ।’

सांसदहरुले आकस्मिक, शुन्य र विशेष समयहरुमा जनताको जनजीविकामा परेका समस्याहरु, राष्ट्रिय राजनीतिका विषयमा लगायत समसामयिक विषयमा आवाज उठाएर सरोकारवाला पक्षलाई घच्घच्याउने पनि बताएका छन् ।