९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar उच्च सतर्कता अपनाउन मुख्यमन्त्री थापाको अपिल News Polar कुलेखानी ड्याममा पानी बढे साइरन बजाएर पूर्वसूचना दिइने News Polar वर्षाका कारण फोहर व्यवस्थापन प्रभावित हुन सक्ने, घरमै राख्न महानगरको आग्रह News Polar कृष्णभीरमा वैकल्पिक सडकमाथि थपियो जोखिमः त्रिशूलीको कटानले नयाँ ट्रयाक पनि संकटमा News Polar विपद् प्रतिकार्यका लागि उच्च सतर्कता अपनाउन लुम्बिनी प्रदेश सरकारकाे आग्रह News Polar काठमाडौँ तथा भरतपुर जाने खण्डमा पहिरोः यातायात प्रभावित News Polar भोटेकोशी बाढी विश्वकै लागि पनि चेतावनी होः प्रधानमन्त्री News Polar बेनी–जोमसोम–कोरला सडकमा राति गाडी चलाउन नपाइने News Polar मकवानपुरको सिमातखोलाले बगाउँदा स्याङ्तानको मृत्यु News Polar महिला कबड्डीमा नेपाललाई कम्तीमा कांस्य पदक पक्का News Polar बालेनको राष्ट्रसंघ सम्बोधनको अन्तरवस्तु र प्रस्तुती सही छ : बाबुराम भट्टराई News Polar ‘राष्ट्रसंघमा जलवायु न्यायको मुद्दा उठाउनु सकारात्मक, अब देशभित्र गृहकार्य आवश्यक’ News Polar बालेनको राष्ट्रसंघ सम्बोधनबारे बाँस्कोटा : ‘देशको भावना बोले’ News Polar यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल News Polar लगातार वर्षापछि तीन राजमार्गमा यातायात रोक, त्रिभुवन राजपथ सुचारु News Polar शाहको राष्ट्रसंघ सम्बोधनलाई योगेश भट्टराईले दिए सकारात्मक प्रतिक्रिया News Polar वर्षाको जोखिमलाई मध्यनजर गर्दै उच्च सतर्कतासहित तयारी अवस्थामा छौँः मन्त्री मेहता News Polar परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्री वोङबीच भेटवार्ता News Polar कालीगण्डकी करिडोर अवरुद्ध News Polar पहिरोले कान्ति लोकपथ अवरुद्ध

विलियम्सनले ३१ औं टेस्ट शतक बनाए, जो रुटलाई पछि पारे

विलियम्सनले ३१ औं टेस्ट शतक बनाए, जो रुटलाई पछि पारे
अ अ+ अ-

एजेन्सी । न्यूजिल्याण्डका केन विलियम्सनले टेस्ट क्रिकेटमा आफ्नो ३१ औं शतक प्रहार गरेका छन् । योसँगै उनी सर्वाधिक शतक प्रहार गर्ने सक्रिय खेलाडीमध्ये दोस्रो स्थानमा पुगेका छन् । उनले इंग्ल्याण्डका जो रुटलाई पछाडि छोडे, जसको ३० टेस्ट शतक छ ।

दक्षिण अफ्रिकाविरुद्धको पहिलो टेस्टको दोस्रो इनिङ्समा विलियम्सनले १०९ रनको इनिङ खेले । उनले पहिलो इनिङ्समा पनि शतक प्रहार गर्दै ११८ रन बनाएका थिए ।

माउन्ट मङ्गानुईस्थित बे ओभल मैदानमा न्यूजिल्याण्डले दक्षिण अफ्रिकामाथि ५२८ रनको अग्रता लिएको छ । दिनको खेल सकिँदासम्म उसले दोस्रो इनिङ्समा ४ विकेट गुमाएर १७९ रन बनाएको थियो ।

पहिलो इनिङ्समा न्युजिल्यान्डले ५११ रन बनाएको थियो भने दक्षिण अफ्रिकाले १६२ रन बनाएको थियो । म्याट हेनरी र मिचेल सेन्टनरले ३–३ विकेट लिए ।

टेष्टको तेस्रो दिन दक्षिण अफ्रिकाले आफ्नो पहिलो इनिङ्स १६२ रन बनाएर समाप्त गरेको थियो । न्युजिल्यान्डले ३४९ रनको अग्रता लिएर दोस्रो इनिङ्स सुरु गरेको थियो । टोलीले दोस्रो इनिङ्समा १० रनमा ओपनर टम लाथमको विकेट गुमाएको थियो । लाथमले मात्र ३ रन बनाउन सके ।

तेस्रो नम्बरमा आएका केन विलियम्सनले ओपनर डेभोन कोनवेसँग दोस्रो विकेटका लागि ९२ रनको साझेदारी गरे । कोनवे २९ रन बनाएर आउट भए र उनीहरुको साझेदारी टुट्यो । उनीपछि रचिन रविन्द्र पनि १२ रन बनाएर आउट भए ।

तेस्रो दिनको खेल सकिन ४ ओभरअघि विलियम्सनले शतक पूरा गरेका थिए । शतकपछि उनले छिटो खेल्न थाले पनि १०९ रन बनाएर आउट भए ।

सक्रिय खेलाडीमध्ये विलियमसनभन्दा अष्ट्रेलियाका स्टिभ स्मिथले मात्र बढी शतक प्रहार गरेका छन् । उनको नाममा ३२ शतक छ । विलियम्सनले पहिलो इनिङ्समा आफ्नो ३०औँ शतक प्रहार गर्दै भारतका विराट कोहलीलाई पछाडि छोडे । विराटको नाममा २९ टेस्ट शतक छ ।