९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar विश्व फार्मासिस्ट दिवस : स्वस्थ भविष्यका लागि फार्मासिस्टलाई सशक्त बनाउन जोड News Polar उच्च सतर्कता अपनाउन मुख्यमन्त्री थापाको अपिल News Polar कुलेखानी ड्याममा पानी बढे साइरन बजाएर पूर्वसूचना दिइने News Polar वर्षाका कारण फोहर व्यवस्थापन प्रभावित हुन सक्ने, घरमै राख्न महानगरको आग्रह News Polar कृष्णभीरमा वैकल्पिक सडकमाथि थपियो जोखिमः त्रिशूलीको कटानले नयाँ ट्रयाक पनि संकटमा News Polar विपद् प्रतिकार्यका लागि उच्च सतर्कता अपनाउन लुम्बिनी प्रदेश सरकारकाे आग्रह News Polar काठमाडौँ तथा भरतपुर जाने खण्डमा पहिरोः यातायात प्रभावित News Polar भोटेकोशी बाढी विश्वकै लागि पनि चेतावनी होः प्रधानमन्त्री News Polar बेनी–जोमसोम–कोरला सडकमा राति गाडी चलाउन नपाइने News Polar मकवानपुरको सिमातखोलाले बगाउँदा स्याङ्तानको मृत्यु News Polar महिला कबड्डीमा नेपाललाई कम्तीमा कांस्य पदक पक्का News Polar बालेनको राष्ट्रसंघ सम्बोधनको अन्तरवस्तु र प्रस्तुती सही छ : बाबुराम भट्टराई News Polar ‘राष्ट्रसंघमा जलवायु न्यायको मुद्दा उठाउनु सकारात्मक, अब देशभित्र गृहकार्य आवश्यक’ News Polar बालेनको राष्ट्रसंघ सम्बोधनबारे बाँस्कोटा : ‘देशको भावना बोले’ News Polar यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल News Polar लगातार वर्षापछि तीन राजमार्गमा यातायात रोक, त्रिभुवन राजपथ सुचारु News Polar शाहको राष्ट्रसंघ सम्बोधनलाई योगेश भट्टराईले दिए सकारात्मक प्रतिक्रिया News Polar वर्षाको जोखिमलाई मध्यनजर गर्दै उच्च सतर्कतासहित तयारी अवस्थामा छौँः मन्त्री मेहता News Polar परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्री वोङबीच भेटवार्ता News Polar कालीगण्डकी करिडोर अवरुद्ध

भारतले विशाखापट्टनम टेस्ट १०६ रनले जित्यो, इंग्ल्याण्ड २९२ रनमा समेटियो

भारतले विशाखापट्टनम टेस्ट १०६ रनले जित्यो, इंग्ल्याण्ड २९२ रनमा समेटियो
अ अ+ अ-

एजेन्सी । विशाखापट्टनम टेस्टमा भारत १०६ रनले विजयी भएको छ । सोमबार डा वाईएस राजशेखर स्टेडियममा भएको खेलमा इंग्ल्याण्डले दोस्रो इनिङ्समा २९२ रन मात्रै बनाउन सक्यो ।

टिमलाई ३९९ रनको लक्ष्य थियो । भारतका रविचन्द्रन आश्विन र जसप्रित बुमराहले ३–३ विकेट लिए । योसँगै अश्विनले ४९९ टेस्ट विकेट पूरा गरेका छन् ।

पहिलो इनिङ्समा यशस्वी जैसवालको दोहोरो शतक भारतका लागि टर्निङ प्वाइन्ट बन्यो । उनले २०९ रनको इनिङ खेल्दै टोलीलाई ३९६ भन्दा माथि पुर्याए । इंग्ल्याण्डले दुवै इनिङ्समा ३ सय रनको आँकडा पनि छुन सकेन । दोस्रो इनिङ्समा शुभमन गिलले शतक बनाए ।

खेलमा ९ विकेट लिएका जसप्रित बुमराहले पहिलो इनिङ्समा ६ विकेट लिएर इंग्ल्याण्डलाई ब्याकफुटमा धकेलेका थिए । बुमराहले दोस्रो इनिङ्समा इंग्ल्याण्डको १० औं विकेट लिए । दोस्रो टेस्ट जितसँगै भारतले ५ टेस्टको सिरिजमा १–१ को बराबरी गरेको छ । इंग्ल्याण्डले पहिलो टेस्ट २८ रनले जितेको थियो ।

शुक्रबार विशाखापट्टनममा भारतले टस जितेर पहिले ब्याटिङ रोजेको थियो । पहिलो इनिङ्समा भारतले ३९६ रन बनाएको थियो भने इंग्ल्याण्डले २५३ रन बनाएको थियो । दोस्रो इनिङ्समा भारतले २५५ रन बनाएर ३९९ रनको लक्ष्य दिएको थियो ।