२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित)
तपाईं के खोज्दै हुनुहुन्छ ?

आर्सनलद्वारा लिभरपुल पराजित



अ+ अ-

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आर्सनलले लिभरपुललाई पराजित गर्यो ।

गएराति भएको खेलमा आर्सनलले लिभरपुललाई ३–१ गोलले हराएको हो । घरेलु मैदान इमिरेट्समा आर्सनललाई जित दिलाउन बुकायो साका, गाव्रियल मार्टिनेली र लियान्ड्रो ट्रोसार्डले एक–एक गोल गरे । लिभरपुलले एक गोल पनि आर्सनलको आत्मघाती गोलबाट पाएको थियो ।

खेलको १४ औं मिनेटमा साकाले गोल गर्दै आर्सनललाई सुरुवाती अग्रता दिलाए । पहिलो हाफको इन्जुरी समयमा आर्सनलका गाव्रियलले आत्मघाती गोल गर्न पुगेपछि लिभरपुल १–१ गोलको बराबरीमा आयो ।

यता, ६७ औं मिनेटमा लिभरपुलका गोलकिपर एलिसन बेकर र डिफेन्डर भ्यान डाइकबीच तालमेल नमिल्दा लिभरपुलले गोल खान पुग्यो । उनीहरुबीचबाट फुत्किएको बललाई सदुपयोग गर्दै मार्टिनेलीले गोल गरे ।

आर्सनल २–१ गोलले अघि बढ्यो । यस्तै इन्जुरी समयमा लियान्ड्रो ट्रोसार्डले गोल गर्दै आर्सनललाई ३–१ को जित दिलाए । ८८ औं मिनेटमा लिभरपुलका इब्राहिम कोनाटेले रातो कार्ड खान पुगे । उनले आर्सनलका काई हाभेटर््जलाई खराब ट्याकल गरेपछि रेफ्रिले दोस्रो पहेँलो र रातो कार्ड देखाए ।

जितसँगै आर्सनल अंकतालिकाको दोस्रो स्थानमा उक्लिएको छ । शीर्षस्थानको लिभरपुलको २३ खेलबाट ५१ अंक रहँदा आर्सनलको समान खेलबाट ४९ अंक छ । दुई खेल कम खेलेको म्यान सिटी ४६ अंकसहित तेस्रो स्थानमा छ ।