९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar विश्व फार्मासिस्ट दिवस : स्वस्थ भविष्यका लागि फार्मासिस्टलाई सशक्त बनाउन जोड News Polar उच्च सतर्कता अपनाउन मुख्यमन्त्री थापाको अपिल News Polar कुलेखानी ड्याममा पानी बढे साइरन बजाएर पूर्वसूचना दिइने News Polar वर्षाका कारण फोहर व्यवस्थापन प्रभावित हुन सक्ने, घरमै राख्न महानगरको आग्रह News Polar कृष्णभीरमा वैकल्पिक सडकमाथि थपियो जोखिमः त्रिशूलीको कटानले नयाँ ट्रयाक पनि संकटमा News Polar विपद् प्रतिकार्यका लागि उच्च सतर्कता अपनाउन लुम्बिनी प्रदेश सरकारकाे आग्रह News Polar काठमाडौँ तथा भरतपुर जाने खण्डमा पहिरोः यातायात प्रभावित News Polar भोटेकोशी बाढी विश्वकै लागि पनि चेतावनी होः प्रधानमन्त्री News Polar बेनी–जोमसोम–कोरला सडकमा राति गाडी चलाउन नपाइने News Polar मकवानपुरको सिमातखोलाले बगाउँदा स्याङ्तानको मृत्यु News Polar महिला कबड्डीमा नेपाललाई कम्तीमा कांस्य पदक पक्का News Polar बालेनको राष्ट्रसंघ सम्बोधनको अन्तरवस्तु र प्रस्तुती सही छ : बाबुराम भट्टराई News Polar ‘राष्ट्रसंघमा जलवायु न्यायको मुद्दा उठाउनु सकारात्मक, अब देशभित्र गृहकार्य आवश्यक’ News Polar बालेनको राष्ट्रसंघ सम्बोधनबारे बाँस्कोटा : ‘देशको भावना बोले’ News Polar यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल News Polar लगातार वर्षापछि तीन राजमार्गमा यातायात रोक, त्रिभुवन राजपथ सुचारु News Polar शाहको राष्ट्रसंघ सम्बोधनलाई योगेश भट्टराईले दिए सकारात्मक प्रतिक्रिया News Polar वर्षाको जोखिमलाई मध्यनजर गर्दै उच्च सतर्कतासहित तयारी अवस्थामा छौँः मन्त्री मेहता News Polar परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्री वोङबीच भेटवार्ता News Polar कालीगण्डकी करिडोर अवरुद्ध

अस्ट्रेलियाले वेस्ट इन्डिजलाई ८३ रनले हरायो, सिरिजमा २–० को अग्रता

अस्ट्रेलियाले वेस्ट इन्डिजलाई ८३ रनले हरायो, सिरिजमा २–० को अग्रता
अ अ+ अ-

काठमाडौँ । सिड्नीमा जारी दोस्रो एकदिवसीय खेलमा अस्ट्रेलियाले वेस्ट इन्डिजलाई ८३ रनले पराजित गरेको छ । वेस्ट इन्डिजले टस जितेर फिल्डिङ रोजेको थियो ।

अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २५९ रन बनायो । जवाफमा वेस्ट इन्डिज ४३.३ ओभरमा १७५ रनमा अलआउट भयो ।

दुई टोलीबीच तीन खेलको एकदिवसीय शृंखला हुँदैछ । अष्ट्रेलियाले लगातार दोस्रो खेल जित्दै सिरिजमा २–० को अग्रता बनाएको छ । पहिलो खेलमा अस्ट्रेलिया ८ विकेटले विजयी भएको थियो । तेस्रो खेल फेब्रुअरी ६ मा क्यानबेरामा हुनेछ ।

अष्ट्रेलियाका लागि शान एबोटले सर्वाधिक रन बनाए । उनले ६३ बलमा ६९ रनको इनिङ खेले । यस क्रममा उनले एक चौका र चार छक्का प्रहार गरे । उनी बाहेक म्याथ्यु शर्टले ५५ बलमा ४१ रनको इनिङ खेले ।

वेस्ट इन्डिजका गुडाकेश मोतीले ३ विकेट लिए । रोमारियो शेफर्ड र अल्जारी जोसेफले २–२ विकेट लिए । म्याथ्यु फोर्ड र ओशाने थोमसले एक–एक विकेट लिए ।

अष्ट्रेलियाको शीर्ष क्रम पूर्ण रूपमा असफल भयो । आफ्नो पहिलो अन्तर्राष्ट्रिय खेल खेलिरहेका ओपनर जेक फ्रेजर १० रन बनाएर आउट भए, जोस इन्ग्लिस ९ रन बनाएर, क्यामरुन ग्रीन ३० रन बनाएर र स्टिभ स्मिथ ५ रन बनाएर आउट भए ।

वेस्ट इन्डिजको सुरुवात खराब रह्यो । ओपनर एलेक एथानोज ११ रन बनाएर प्याभिलियन फर्किए भने जस्टिन ग्रीभ्सले ८ रन बनाए । योसँगै जोन ओटलीले ८ रन मात्र बनाउन सके । कप्तान शाई होप र केसी कार्टीले ५३ रनको साझेदारी गरे । होप २३ रन बनाएर आउट भए । कार्टीले पनि ४० रन मात्र बनाउन सके, जुन टोलीका लागि सर्वाधिक हो ।

रोस्टन चेजले २५ रन, रोमारियो शेफर्डले ६ रन, म्याथ्यु फोर्डले ७ रन र अल्जारी जोसेफले १९ रन बनाउन सके । अन्त्यमा ओशन थोमर ७ रन बनाएर आउट भए भने गुकेश मोती ७ रनमा अविजित रहे ।

अष्ट्रेलियाका लागि बलिङ गर्ने सबै बलरले विकेट लिए । जोस हेजलवुड र शान एबोटले सर्वाधिक ३–३ विकेट लिए । विल सुदरल्याण्डले २ तथा आरोन हार्डी र एडम जाम्पाले १–१ विकेट लिन सफल भए ।