९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar विश्व फार्मासिस्ट दिवस : स्वस्थ भविष्यका लागि फार्मासिस्टलाई सशक्त बनाउन जोड News Polar उच्च सतर्कता अपनाउन मुख्यमन्त्री थापाको अपिल News Polar कुलेखानी ड्याममा पानी बढे साइरन बजाएर पूर्वसूचना दिइने News Polar वर्षाका कारण फोहर व्यवस्थापन प्रभावित हुन सक्ने, घरमै राख्न महानगरको आग्रह News Polar कृष्णभीरमा वैकल्पिक सडकमाथि थपियो जोखिमः त्रिशूलीको कटानले नयाँ ट्रयाक पनि संकटमा News Polar विपद् प्रतिकार्यका लागि उच्च सतर्कता अपनाउन लुम्बिनी प्रदेश सरकारकाे आग्रह News Polar काठमाडौँ तथा भरतपुर जाने खण्डमा पहिरोः यातायात प्रभावित News Polar भोटेकोशी बाढी विश्वकै लागि पनि चेतावनी होः प्रधानमन्त्री News Polar बेनी–जोमसोम–कोरला सडकमा राति गाडी चलाउन नपाइने News Polar मकवानपुरको सिमातखोलाले बगाउँदा स्याङ्तानको मृत्यु News Polar महिला कबड्डीमा नेपाललाई कम्तीमा कांस्य पदक पक्का News Polar बालेनको राष्ट्रसंघ सम्बोधनको अन्तरवस्तु र प्रस्तुती सही छ : बाबुराम भट्टराई News Polar ‘राष्ट्रसंघमा जलवायु न्यायको मुद्दा उठाउनु सकारात्मक, अब देशभित्र गृहकार्य आवश्यक’ News Polar बालेनको राष्ट्रसंघ सम्बोधनबारे बाँस्कोटा : ‘देशको भावना बोले’ News Polar यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल News Polar लगातार वर्षापछि तीन राजमार्गमा यातायात रोक, त्रिभुवन राजपथ सुचारु News Polar शाहको राष्ट्रसंघ सम्बोधनलाई योगेश भट्टराईले दिए सकारात्मक प्रतिक्रिया News Polar वर्षाको जोखिमलाई मध्यनजर गर्दै उच्च सतर्कतासहित तयारी अवस्थामा छौँः मन्त्री मेहता News Polar परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्री वोङबीच भेटवार्ता News Polar कालीगण्डकी करिडोर अवरुद्ध

आर्सनलको इमिरेट्समा लिभरपुलको लडाईँ

आर्सनलको इमिरेट्समा लिभरपुलको लडाईँ
अ अ+ अ-

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा आज आइतबार चार खेलहरु हुँदैछन् । यसमध्ये विशेष खेल आर्सनल र लिभरपुलबीचको रहेको छ । आर्सनलको घरेलु मैदान इमिरेट्समा शीर्षस्थानमा रहेको लिभरपुललाई खेल जित्नु र कम्तिमा पनि बराबरीको नतिजा खाँचो छ । अर्कोतर्फ तालिकाको तेस्रो स्थानमा रहेको आर्सनल घरेलु समर्थकको साथमा लिभरपुललाई हराउँदै अंकदुरी छोट्याउन चाहन्छ ।

आगन्तुक लिभरपुलले जारी लिगमा म्यान सिटी र आर्सनलमाथि पाँच अंकको अग्रता लिएको छ । उसले सिजनमा एक पटक मात्र हार ब्यहोरेको छ ।

डिसेम्बरमा क्यालेन्डर हिट भएदेखि लिभरपुलले दुई पटक मात्र बराबरी गरेको छ, जसमध्ये एउटा गनर्ससँग १–१ को बराबरी थियो । यस्तै, बुधबार भएको खेलमा लिभरपुलले चेल्सीलाई ४–१ ले हराएर आफ्नो लयलाई बलियो बनाएको छ ।

अर्कोतर्फ लिभरपुलसँगको बराबरीपछि वेस्ट ह्याम र फुलह्यामसँग लगातार ‘लन्डन डर्बी’ हारेको आर्सनल क्रिस्टल प्यालेससँग ५–० को सानदार जित र नटिङहम फरेस्टलाई २–१ ले हराउँदै आफूलाई सन्तुलित बनाएको छ ।

आर्सनलका जुरियन टिम्बर, ताकेहिरो टोमियासु र थोमस पार्टे खेलमा उपलब्ध हुने छैनन् । लिभरपुलका मोहमद सलाह, जोएल माटिप, र वाटरु इन्डो उपलब्ध हुने छैनन् ।

आज हुने खेलहरुः
म्यान्चेस्टर युनाइटेड भर्सेस वेस्टहाम युनाइटेड (१९ः४५ बजे)
चेल्सी भर्सेस वल्भ्स (१९ः४५ बजे)
बर्नमाउथ भर्सेस नटिङहम फरेस्ट (१९ः४५ बजे)
आर्सनल भर्सेस लिभरपुल (२२ः१५ बजे)

अंकतालिकाः