९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar विश्व फार्मासिस्ट दिवस : स्वस्थ भविष्यका लागि फार्मासिस्टलाई सशक्त बनाउन जोड News Polar उच्च सतर्कता अपनाउन मुख्यमन्त्री थापाको अपिल News Polar कुलेखानी ड्याममा पानी बढे साइरन बजाएर पूर्वसूचना दिइने News Polar वर्षाका कारण फोहर व्यवस्थापन प्रभावित हुन सक्ने, घरमै राख्न महानगरको आग्रह News Polar कृष्णभीरमा वैकल्पिक सडकमाथि थपियो जोखिमः त्रिशूलीको कटानले नयाँ ट्रयाक पनि संकटमा News Polar विपद् प्रतिकार्यका लागि उच्च सतर्कता अपनाउन लुम्बिनी प्रदेश सरकारकाे आग्रह News Polar काठमाडौँ तथा भरतपुर जाने खण्डमा पहिरोः यातायात प्रभावित News Polar भोटेकोशी बाढी विश्वकै लागि पनि चेतावनी होः प्रधानमन्त्री News Polar बेनी–जोमसोम–कोरला सडकमा राति गाडी चलाउन नपाइने News Polar मकवानपुरको सिमातखोलाले बगाउँदा स्याङ्तानको मृत्यु News Polar महिला कबड्डीमा नेपाललाई कम्तीमा कांस्य पदक पक्का News Polar बालेनको राष्ट्रसंघ सम्बोधनको अन्तरवस्तु र प्रस्तुती सही छ : बाबुराम भट्टराई News Polar ‘राष्ट्रसंघमा जलवायु न्यायको मुद्दा उठाउनु सकारात्मक, अब देशभित्र गृहकार्य आवश्यक’ News Polar बालेनको राष्ट्रसंघ सम्बोधनबारे बाँस्कोटा : ‘देशको भावना बोले’ News Polar यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल News Polar लगातार वर्षापछि तीन राजमार्गमा यातायात रोक, त्रिभुवन राजपथ सुचारु News Polar शाहको राष्ट्रसंघ सम्बोधनलाई योगेश भट्टराईले दिए सकारात्मक प्रतिक्रिया News Polar वर्षाको जोखिमलाई मध्यनजर गर्दै उच्च सतर्कतासहित तयारी अवस्थामा छौँः मन्त्री मेहता News Polar परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्री वोङबीच भेटवार्ता News Polar कालीगण्डकी करिडोर अवरुद्ध

प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा नयाँ खेलाडीको प्रभाव

प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा नयाँ खेलाडीको प्रभाव
अ अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेटले शनिवार विजेताका रूपमा नेपाल पुलिस क्लवलाई पाएको छ ।

पुलिसले शनिवार कीर्तिपुरमा सम्पन्न फाइनलमा विभागीय टोली नेपाल आर्मी क्लवलाई हराउँदै उपाधि उचालेको हो । पुलिस तेस्रो पल्ट च्याम्पियन भयो । उपाधि जित्ने क्रममा पुलिसले आफ्नो अपराजित यात्रालाई प्रतियोगिताभर कायम राख्यो । पुलिसले लिगमा ९ र फाइनल गरी कुल १० खेलको नतिजा आफ्नो पक्षमा पार्यो । प्रतियोगिताभर कुल ४६ खेल सम्पन्न भए । यसबीच यस पटक धेरै आशालाग्दा प्रदर्शन भए । हुन त सकारात्मक नतिजा आउँदा खेल मैदानको प्रभाव पनि रह्यो ।

यस पटक केन्द्रसँगै मोफसलमा गरी तीन स्थानमा खेल आयोजना भयो । भैरहवामा ११ खेल सञ्चालन भए । बाँकी खेल मुलपानी क्रिकेट मैदान र कीर्तिपुरको त्रिवी मैदानमा खेल भयो । त्रिवी क्रिकेट मैदानमा ब्याटिङ फ्रेण्ड्ली देखिँदा धेरै रनसँगै शतक पनि बने । त्यो पनि लगातार शतक बनेको इतिहास पनि रह्यो । मुलपानी क्रिकेट मैदानमा भने बलरका लागि सहयोगी बन्यो । विशेषतः स्पिनरका लागि यो स्थान उत्तम बन्यो । त्यसैले पनि लगातार एउटै बलरले ४/५ विकेट आफ्नो नाममा लेखाए ।

यता, शतक त्रिवी क्रिकेट मैदानमा मात्र बन्यो । ९ ब्याटरले कुल १० शतक बनाए । ती सबै त्रिवी क्रिकेट मैदानमा मात्र सम्भव भएको हो । आर्मीका कप्तान विनोद भण्डारीको नाममा दुई शतक रह्यो । त्यसबाहेक पुलिसका रासिद खान, एपिएफका सन्दीप जोरा, आसिफ शेख, कोशीका सुजन थपलिया, सुदूरपश्चिमका नरेन भट्ट, वागमतीका आशुतोष घिरैया, मधेस प्रदेशका मायन यादव र अनिल साहले समान एक शतक बनाए । राष्ट्रिय टोलीका नियमित सदस्य आसिफ मात्र शतक बनाउन सफल भए ।

तर अन्य ब्याटर कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल, कुशल मल्ल र भीम सार्कीको ब्याटबाट शतक निस्केन । गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका ब्याटर शतक बनाउन असफल रहे । यद्यपि, कर्णालीको प्रदर्शन भने यादगार बन्यो र पहिलोपटक विभागीय टोलीलाई हरायो । कर्णालीले विभागीय टोली एपिएफमाथि जित निकाल्दै शिर्ष चारको समीकरणमा नै उथलपुथल बनाइदियो । रोहितकुमार पौडेलको कप्तानीमा रहेको एपिएफ लिगमा शिर्ष चारभित्र नै अटाउन असफल रह्यो र इलिट ट्रफी खेल्न नै वञ्चित भयो ।

लिगमा शिर्ष चारभित्रका टोलीले इलिट ट्रफी खेल्नेछन् । त्यसभित्र पुलिस, आर्मीसँगै बागमती र मधेस प्रदेश अटाएका छन् । यद्यपि, नेपाल क्रिकेट संघ (क्यान) ले इलिट ट्रफी कुन फरम्याट, कहिले र कहाँ हुने बारे भने स्पष्ट पारिसकेको छैन । यसै प्रतियोगिताबाट आर्मी छाड्दै एपिएफको कप्तानी जिम्मेवारीसहित एपिएफ पुगेका राष्ट्रिय टोलीका कप्तान रोहितका लागि सहजै भएन । यता, यस प्रतियोगिताबाट कर्णालीले ‘अन्डरडग’ छविमा सुधार ग¥यो । लुम्बिनी र कोशी प्रदेशले भने आशातित प्रदर्शन गर्न सकेनन् ।

कर्णालीले चार जित निकाल्ने क्रममा लुम्बिनी, गण्डकी र कोसीलाई हरायो । नवौं खेलमा लुम्बिनीलाई हराउँदै कोशीले सुखद् अन्त्य ग¥यो, त्यसबाहेक भने उसको प्रदर्शन बिर्सनलायक नै रह्यो । सर्वाधिक रन बनाउने सूचिको शिर्ष ६ राष्ट्रिय टोलीका कुनै पनि सदस्य परेनन् । सर्वाधिक रनकर्ताको शीर्ष १० भित्र नै राष्ट्रिय टोलीका कप्तान रोहित मात्र अटाए । बलिङमा भने स्पिनर पूर्ण हाबी भए । सर्वाधिक विकेटकर्ताको सूचिमा नै स्पिनर रहे ।

वागमतीका सूर्य तामाङले सर्वाधिक ३० विकेट लिँदा अन्य स्पिनर सुदूरपश्चिमका शेर मल्लले २४, पुलिसका ललितनारायण राजवंशीले २३, आर्मीका साहब आलमले २३ र गण्डकीका विपिन खत्रीले २० विकेट लिए । तिब्र गतिका बलर सोमपाल कामीको नाममा १९ विकेट रह्यो । तिब्र गतिका बलरमा उनी नै धेरै विकेटकर्ता हुन् । ब्याटिङ र बलिङ दुवैमा राष्ट्रिय टोलीका खेलाडीको प्रदर्शन सन्तोषजनक रहेन । यद्यपि, केही प्रतिभावान खेलाडी भने यो प्रतियोगिताबाट आएका छन् । नयाँ खेलाडीले ब्याटिङ र बलिङ दुवैमा प्रभाव छाडे । जुन सकारात्मक पक्ष हो ।