• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo

अष्ट्रेलियालाई हराउँदै दक्षिण कोरिया एसिया कपको सेमिफाइनलमा



काठमाडौँ । दक्षिण कोरिया कतारमा जारी एएफसी एसियन कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार राति सम्पन्न खेलमा कोरियाले अष्ट्रेलियाविरुद्ध २–१ गोलको रोमाञ्चक जित निकाल्यो । निर्धारित समयसम्म बराबरी भएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो ।

खेलको ४२ औं मिनेटमा क्राएग गुडवीनले गोल गर्दै अष्ट्रेलियालाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको ९०+६ औं मिनेटमा कोरियाले पेनाल्टी पायो । जसलाई ह्वाङ हि चानले खेर जान दिएनन् । उनको पेनाल्टी गोलसँगै कोरियाले १–१ बराबरीमा खेल ल्यायो ।

त्यसपछि खेल अतिरिक्त समयमा धकेलियो । १०४ औं मिनेटमा सन हेउंग मिनले गोल गर्दै कोरियालाई सेमिफाइनलमा पुर्याए । १०५+४ औं मिनेटमा अष्ट्रेलियाका एडियन ओ निलले रातो कार्ड खान पुगे ।

अब सेमिफाइनलमा अष्ट्रेलियाको भेट जोर्डनसँग हुने भएको छ । जोर्डनले हिजो नै ताजिकिस्तानलाई हराउँदै सेमिफाइनलमा स्थान बनाएको थियो । जोर्डन र कोरियाबीचको खेल मंगलबार पौने नौ बजे सुरु हुनेछ ।