२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

चालु आर्थिक वर्षमा पाकिस्तानको निर्यात १२ प्रतिशतले बढ्यो



अ+ अ-

इस्लामावाद । चालु आर्थिक वर्ष (सन् २०२३ जुलाई देखि सन् २०२४ जुनसम्म) को पहिलो सात महिनामा पाकिस्तानको निर्यात करिब १७.८ अर्ब अमेरिकी डलर पुगेको छ । यो १२ प्रतिशतको वृद्धि भएको देशको वाणिज्य मन्त्रालयले जनाएको छ ।

सोही अवधिमा आयात १६ प्रतिशतले सङ्कुचित भएको, अघिल्लो आर्थिक वर्षको समान अवधिको तुलनामा व्यापार घाटामा ३९ प्रतिशतले कमी आएको मन्त्रालयले बिहीबार विज्ञप्तिमार्फत जनाएको छ ।

विज्ञप्तिअनुसार सन् २०२४ जनवरीमा निर्यात गत वर्षको सोही महिनाको तुलनामा २६.९ प्रतिशतले बढेको छ भने आयातमा ४.५ प्रतिशतले गिरावट आएको छ ।

पाकिस्तानको विश्वव्यापी व्यापारमा सकारात्मक प्रवृत्तिले देशले अन्तर्राष्ट्रिय व्यापार निरन्तर विस्तार भइरहेको पाकिस्तानी वाणिज्य मन्त्री गौहर एजाजलाई उद्धृत गर्दै विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यस्ता सकारात्मक प्रवृत्तिहरूले व्यापार तथा आर्थिक वृद्धिलाई प्रवद्धन गर्ने सरकारको अटुट प्रतिबद्धतालाई प्रतिबिम्बित गर्ने उहाँले बताउनुभयो ।