९ भाद्र २०८३, मंगलवार
,
Latest
गण्डकी प्रदेश सरकारबाट बाहिरिने एमालेको निर्णय कालो चस्मा लगाउनुपर्ने स्वास्थ्य समस्या भन्दै संसद् सचिवालयमा प्रधानमन्त्री बालेनले बुझाए मेडिकल रिपोर्ट ठेक्कापट्टामा अड्किएका गण्डकीका विकास आयोजना : वर्षौँ बित्दा पनि अधुरै गाईजात्रा नजिकिएसँगै भक्तपुरमा ताहासाका लागि बाँसको व्यापार बढ्यो सुनचाँदीको मूल्य घट्यो राष्ट्रिय सभाको शुन्य समयः कुटनीतिक रिक्ततादेखि जनस्वास्थ्य र पूर्वाधारका समस्यासम्म सरकारको ध्यानाकर्षण नेपाल विशेष सेवा ऐन जगाउने विधेयक दफावार छलफलका लागि विधायन समितिमा पठाइयो राष्ट्रिय सभामा सांसदहरूको आक्रोशः बालिका बलात्कार र हत्याका दोषीलाई कडा कारबाही गर्न माग हरित ऊर्जामा आधारित सवारी साधनको प्रवद्र्धन आजको अनिवार्य आवश्यकता : उपराष्ट्रपति यादव अर्थतन्त्रको ‘रि–इञ्जिनियरिङ’ आवश्यक, अटोमोबाइल क्षेत्रलाई हेर्ने दृष्टिकोण बदल्न सरकारसँग मागः अध्यक्ष श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

दाग धब्बालाई हटाउनेदेखि आलुको १० फाइदा यस्ता छन्, थाहा पाउनुहोस्



अ+ अ-

काठमाडौं । आलुले छालाको दाग धब्बालाई हटाउनेदेखि अनुहारको रंगमा निखार ल्याउँछ । आलूमा एन्टी एजिङ गुण हुन्छ जसले चाउरीबाट बचाउन सहयोग गर्दछ । आलूमा प्राकृतिक ब्लिचिङ एजेन्ट हुन्छ जसले छालाको रङलाई निखार्न मद्दत गर्दछ । 

आलुका १० प्रयोग र यसका फाइदाहरु :
१) एउटा आलूको रसमा कागतीको रसको केही थोपा मिसाएर अनुहार र हातमा १० मिनेटसम्म लगाउनुहोस् । यसले अनुहारको चमक बढाउँछ ।

२) एउटा आलूको रसमा अण्डाको सेतो भाग मिसाएर अनुहार र गर्धनमा लगाउनुहोस् । २० मिनेट राखेपछि पानीले धुनुहोस् । छाला चाउरी पर्नबाट जोगाउँछ ।

३)  एउटा आलूलाई कोरेसोमा कोर्नुहोस् । यसमा एक चिम्टी बेसारको धुलो मिसाएर अनुहारमा लगाउँदा रंग गोरो हुन्छ ।

४) एउटा आलुको एउटा स्लाइसमा केही थोपा पानी हालेर यसलाई अनुहारमा पाँच मिनेटसम्म रब गर्नुहोस् । यसले दाग धब्बा टाढा रहन्छ ।

५) एउटा आलूको रसमा थोरै काँचो दुध मिसाउनुहोस् । यसलाई छालामा लगाउनुहोस् र २० मिनेटपछि धुनुहोस् । यसले छालालाई गोरो बनाउँछ ।

६) एउटा आलुलाई पिस्नुहोस् । यसमा मुल्तानी माटो र गुलाब जल मिसाएर अनुहारमा लगाउनुहोस् । यो सुकेपछि धुनुहोस् । अनुहारको निखार बढ्छ ।

७) एउटा आलूलाई स्लाइसमा काट्नुहोस् । यसलाई आँखाको मुनी डार्क सर्कलमा पाँच मिनेटसम्म राख्नुहोस् र डार्क सर्कल हट्छ ।

८) एउटा आलूलाई कोरेसोमा कोर्नुहोस् । र यसलाई दहीमा मिसाएर अनुहारमा लगाउनुहोस् । छाला गोरो हुन्छ ।

९) एउटा आलूलाई पिसेर त्यसमा काँचो दुध र बदामको तेल मिसाउनुहोस् । यसलाई छालामा लगाउँदा छाला नरम हुन्छ ।

१०) एउटा आलूको रसमा २ चम्चा कागतीको रस मिसाएर अनुहारमा लगाउनुहोस् । त्यसपछि आधा घण्टापछि धुनुहोस् । यसले अनुहारको रंग निखार्छ । (एजेन्सीको सहयोगमा)