४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

रुसी सेनामा भर्ती भएकाका आफन्तहरुको आग्रह: स्वदेश फर्काउन पहल गरिदिनुस्

रुसी सेनामा भर्ती भएकाका आफन्तहरुको आग्रह: स्वदेश फर्काउन पहल गरिदिनुस्
अ+ अ-

काठमाडौं । रुसी सेनामा भर्ती भएकाका आफन्तहरुले नेपालीहरुलाई स्वदेश फर्काउन पहल गरिदिन सरकारसँग आग्रह गरेका छन् ।

शुक्रवार काठमाडौंमा पत्रकार सम्मेलन गरी उनीहरुले रुसी सेनामा भर्ती भएका नेपालीहरुलाई अहिले धेरै नै कठिन अवस्थामा रहेकाले उनीहरुलाई स्वदेश फिर्तीको व्यवस्था मिलाइदिन सरकारसँग आग्रह गरेका हुन् ।

उनीहरुले सरकारले के गर्दा उनीहरुलाई नेपाल फर्काउन सकिन्छ सो व्यवस्था चाँडो गर्न उनीहरुको आग्रह छ । रुसी सेनाबाट भागेर नेपाल फर्किनुभएका खोटाङका सुमन राईले नेपालीहरुलाई सेनामा भर्ती भइसकेपछि सिधै फिल्डमा लगेर युद्ध गर्न लगाएको बताउनु भयो । उहाँले सेनामा भर्ती भइसकेपछि युद्धमा लैजाने र नेपालीहरु बाँच्ने अवसर शुन्य बराबर हुने बताउनु भयो । उहाँले रुसी सेनाले नेपालीहरुलाई सबैभन्द्या अगाडि लगाइ युद्ध गराउने गरेको बताउनु भयो । युक्रेनीहरु क्याम्पमा रुसी सैनिकमाथि आक्रमण गर्न नियालीरहेको हुने तर रुसबाट भने खुला ठाउँमा लगेर भिडाउने, रुसी भाषा नबुझ्ने समस्याका कारण पनि धेरै नेपाली मरिरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामी नेपालीहरु सिधै फिल्डमा नै जाने हो । उनीहरु हामीलाई ताकेर नै बसेका हुन्छन् । हामी बाँच्नै चान्स त कम नै हुन्छ । बाँच्नै चान्स नै छैन । बाँच्नु भनेको जिरो प्रतिशत हो । हामी मैदानमा फिल्डमा जाने हो । युक्रेनीहरु सिधै क्याम्पतिर बसेको हुन्छ । उनीहरुले हामीलाई नापी नापी हानेको हुन्छ । हामी नेपालीहरु धेरै मरिरहेको हुन्छ । उनीहरुले सार्वजनिक गरेको छैन । ४ देखि ५ सय भन्दा बढी नेपालीहरु मरिसकेका छन् ।’

उहाँकाअनुसार अहिलेसम्म सार्वजनिक नभएको भएपनि ५ सय भन्दा बढी नेपालीहरुले ज्यान गुमाइसकेका छन् । त्यस्तै रुसी सेनामा भर्ती भएका नेपालीका परिवार र आफन्तहरुलै छिटो भन्दा छिटो उनीहरुलाई सरकारको तर्फबाट स्वदेश फिर्ता ल्याउने पहल गरिदिन आग्रह गरे । रुसी सेनामा भर्ती भएका नेपालीहरु धेरै नै समस्यामा रहेको बताए । उनीहरुले पैसाकै लोभमा गएको भएपनि उनीहरुलाई सरकारले स्वदेश फिर्ता ल्याउने पहल गरिदिनुपर्ने बताए ।

उनीहरुले सरकारले पहल गर्ने हो भने समस्या समाधान हुनसक्ने र त्यसका लागि चाँडो भन्दा चाँडो पहलकदमी लिन आवश्यक रहेको बताए । —न्युज एजेन्सी नेपाल