३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतीय मोडल तथा अभिनेत्री पुनम पाण्डेको निधन



अ+ अ-

एजेन्सी । भारतीय मोडल तथा अभिनेत्री पुनम पाण्डेको ३२ वर्षको उमेरमा निधन भएको छ ।

शुक्रबार बिहान उनको निधन भएको भारतीय मिडियाले लेखेको छ । अभिनेत्रीको मृत्युको कारण पाठेघरको मुखको क्यान्सर भएको बताइएको छ ।

पूनम पाण्डेको इन्स्टाग्राम अकाउन्टमा सेयर गरिएको पोस्टमा लेखिएको छ, ‘आजको बिहान हाम्रा लागि कठिन छ । पाठेघरको मुखको क्यान्सरका कारण हामीले हाम्रो प्यारी पूनमलाई गुमाउनु भएको जानकारी गराउँदा अत्यन्त दुस्ख लागेको छ। उहाँको सम्पर्कमा आएका हरेक व्यक्तिले उहाँलाई मायाले भेट्थे । शोकको यस समयमा, हामी गोपनीयता अनुरोध गर्दछौं। हामीले साझा गरेको सबै कुराको लागि हामी उहाँलाई मायापूर्वक सम्झनेछौं।’

नायिकाको निधनको खबर आएपछि फ्यानहरु गहिरो शोकमा परेका छन् र सामाजिक सञ्जालमा पोष्ट गर्दै दु:ख व्यक्त गरिरहेका छन् ।

पूनम पाण्डे निकै चर्चित मोडल थिइन् । उनले सन् २०१३ मा फिल्म ‘नशा’ बाट बलिउडमा डेब्यू गरेकी हुन् । उनी पछिल्लो पटक फिल्म ‘द जर्नी अफ कर्मा’ मा देखिएकी थिइन् । टिभीको कुरा गर्दा उनले ‘खतरों के खिलाडी १३’ र कंगना रनौतको रियालिटी शो ‘लकअप’ मा भाग लिएकी थिइन् ।