२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar मलेसियाका लागि प्रश्तावित राजदुत खरेलको सुनुवाईमा प्रश्नः संसदीय समितिले प्रक्रिया रोकेर अध्ययन थाल्यो News Polar लागुऔषधसहित छ जना पक्राउ News Polar मलेसियामा नेपाली श्रमिकको सुरक्षादेखि डिजिटल सेवासम्म खरेलका प्राथमिकता News Polar प्रस्तावित राजदुत डा. झाको योग्यता र कार्यक्षमतामाथि सत्तारुढ सांसदको प्रश्नै प्रश्न News Polar श्रीलंकासँग आर्थिक साझेदारी बलियो बनाउने राजदूत झाको प्रतिबद्धता News Polar तुलसीपुर प्रहरीका लागि ‘बडी बर्न’ क्यामेरा News Polar मतदातासूचीबाट तीन हजार ४७२ मतदाताको नाम हटाइयो News Polar वीरगन्जमा फरार प्रतिवादी प्रक्राउ News Polar कांग्रेस महाधिवेशन : आदिवासी जनजातितर्फको मतगणना सम्पन्न, बहादुर सिंह लामा तामाङ विजयी News Polar प्रधानमन्त्री राहत कोषमा पौने १८ अर्ब मौज्दात News Polar राजदूत सुनारबारे प्रहरीको अभिलेखमा मिलापत्र, डिपोर्टबारे अध्यागमनसँग विवरण छैन News Polar दसैँअवधिभर काभ्रेमा टिपर सञ्चालनमा रोक News Polar ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु News Polar पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद्मा देशभर १७ हजार ८२ व्यवसायी दर्ता News Polar चितवनमा नौ महिनामा थपिए ८० जना एचआइभी सङ्क्रमित News Polar दुई हजारमाथि विद्यार्थी भएका १०९ विद्यालयमा ६ अर्ब लगानी गर्दै शिक्षा मन्त्रालय News Polar कांग्रेस खस आर्य महिला केन्द्रीय सदस्यमा भद्रा पराजुलीको अग्रता, जानुका पन्त दोस्रो News Polar भोजपुरमा माटो कमेरोले घर पोत्ने चलन हराउँदै News Polar कोरलानाकाबाट भित्रिएका ‘इभी’लाई गन्तव्यमा पुर्‍याउन सकस News Polar छेपारे पहिरोको पीडाः ‘न बच्यो साहारा, न रह्यो बास’

दाहाल नेपाल पक्षले गर्यो संसद बैठक बहिस्कार

दाहाल नेपाल पक्षले गर्यो संसद बैठक बहिस्कार
अ अ+ अ-

काठमाडौं । आज शुरु भएको संसदको बैठक सत्तारुढ पार्टीकै पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल पक्षले बहिस्कार गरेको छ । आज संसदको बैठक शुरु हुनासाथै सत्तापक्षका एकजना नेता भिमबहादुर रावलले प्रधानमन्त्रीको वैधानिकतामाथि प्रश्न उठाएका थिए । 

उनले संसदमा विशेष समय लिएर बोल्दै आफैले हत्या ंगरेको संसदमा आएर प्रधानमन्त्रीले अध्यादेश पेश गर्ने भनेर प्रश्न गरेका थिए । त्यसपछि उनले बोल्दै यो सदनमा प्रधानमन्त्रीले वैधानिकता गुमाएकोले उनले सरकार प्रमुखका हैसियतले प्रधानमन्त्री ओलीले कुनै पनि सरकारी विधेयकहरु यो संसदमा ल्याउने बैधानिकता नराखेको भन्दै आजको कार्यसूचीमा रहेका कुनै पनि कार्यक्रम अघि नबढाउन आग्रह गरे । 

आजको कार्यसूचीमा संवैधानिक परिषदसम्बन्धी विधेयक प्रस्तुत गर्ने कार्यक्रम थियो । त्यो विधेयक सरकारले प्रस्तुत गर्न नपाउने भनी अडान लिए । यदि सभामुखले सो विधेयक प्रस्तुत गर्ने अनुमति दिने हो भने आफूहरु बहिस्कार गर्न बाध्य हुने बताएका थिए । 

त्यसपछि पनि सभामुले सो विधेयक प्रस्तुत आजै हुनुपर्ने भनेपछि सो समूहका सांसदहरुले आजको संसद बैठक बहिस्कार गरेका थिए । सभामुखसमक्ष आफूहरुले बैठक बहिस्कार गर्ने भनी भिम रावलले बहिस्कार गरेपछि प्रचण्डसहितका नेताहरुले बहिस्कार गरेका थिए ।