३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

सात वर्षपछि बलिउडमा गुञ्जिदैँछन् आतिफ असलम



अ+ अ-

एजेन्सी । पाकिस्तानी गायक आतिफ असलम सात वर्षको लामो अन्तरालपछि बलिउडमा कमब्याक गर्ने तयारीमा छन् । अब चाँडै नै उनको स्वर बलिउडमा सुनिनेछ ।

बक्स अफिस वर्ल्डवाइडको रिपोर्ट अनुसार आतिफ असलमले ‘लभ स्टोरी अफ नाइन्टीज’ को टिमसँग सहकार्य गरेका छन् । यो फिल्म अमित कसरियाले निर्माण गर्दैछन् । उनले फिल्ममा एउटा मात्र गीत गाएको चलचित्र निर्माण पक्षले खुलासा गरेको छ । फिल्मको शीर्षकसँग मेल खाने यो गीतलाई रोमान्टिक नम्बर मानिएको छ । आतिफले हिट रोमान्टिक गीत दिने भएकाले उनका फ्यानहरु उत्साहित भएका छन् ।

निर्माता तथा वितरक हरेश सांगानी र धर्मेश संगानीले आतिफ असलमसँग काम गर्न पाउँदाको उत्साह रहेको बताएका छन् । उनले भने, ‘७–८ वर्षपछि आतिफ अस्लमको पुनरागमन निकै आश्वस्त छ । हाम्रो फिल्म ‘लभ स्टोरी अफ ९० को’ मा उनले पहिलो गीत गाएका हुनाले हामी धेरै खुसी छौं । यो खबर थाहा पाएपछि आतिफ अस्लमका फ्यानहरु निकै रोमाञ्चित हुनेछन् । उनी हाम्रो फिल्मबाट बलिउडमा कमब्याक गर्न लागेका छन् ।’

सन् २०१६ मा उरी आतंकवादी हमलापछि पाकिस्तानी कलाकारलाई भारतीय फिल्म उद्योगमा काम गर्न प्रतिबन्ध लगाइएको थियो । ४० वर्षीय गायक आतिफ असलमले सन् २००३ मा ‘जल’ नामक चर्चित ब्याण्डबाट आफ्नो सांगीतिक यात्रा सुरु गरेका थिए । आतिफले ‘दिल दिए गलाँ’ ‘पहली नजर मे’, ‘बखुदा तुम्ही हो’, ‘तु जाने ना’, ‘जीना जीना’, ‘मै रंग शरबतों का’ लगायत धेरै लोकप्रिय बलिउड ट्र्याकहरू गाएका छन्। उनेको आवाजको संसारभरि लाखौं प्रशंसक छन् ।