• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा २८ गते सुनुवाइ हुने ★   विश्वकप छनोट खेल्ने नेपाली फुटबल टोलीको बिदाइ ★   प्रसुति गृहको नयाँ भवन चाँडै सञ्चालनमा ल्याउन स्वास्थ्यमन्त्री यादवको निर्देशन ★   अन्नपूर्ण आरोहण दिवसः मौरिस हर्जोगको स्मरण गर्दै विविध कार्यक्रम ★   सफारी जिप दुर्घटनामा छ पर्यटक घाइते ★   आर्मीले बुढानिलकण्ठलाई हरायो ★   मिथ्या सामाग्री पस्केर पत्रकारितालाई नधुमिल्याऔँः अध्यक्ष बस्नेत ★   नयाँ बजेट परम्परागत भन्दा नयाँ छः अध्यक्ष राई ★   बजेट सबै मन्त्रालय र मन्त्रीहरुसँग सहमति गरेर आएको होः मन्त्री अर्याल ★   बजेटमा असन्तुष्टि होइन, छलफल गरेर ल्याएको भए अझ राम्रो हुन्थ्योः ओली

पाकिस्तानका पूर्वप्रधानमन्त्री खानकी श्रीमती घर फर्किएपछि घरलाई ‘उप कारागार’ घोषणा



Imran Khan and his wife

इस्लामाबाद । भ्रष्टाचारको आरोपमा बुधबार आफ्ना श्रीमान्सँगै १४ वर्षको कारागार पर्नुभएकी पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानकी श्रीमती अधिकारीहरूले आफ्नो निवासलाई आधिकारिकरूपमा ‘उप कारागार’ घोषणा गरेपछि घरमै सजाय काटिरहनुभएको छ ।

मुस्लिम आस्था चिकित्सक बुशरा बिबीले आफ्ना श्रीमान् प्रधानमन्त्री हुँदा प्राप्त विदेशी उपहारहरूको बिक्रीसँग सम्बन्धित मुद्दामा सजाय सुनाइएपछि तुरुन्तै बुधबार स्वयंलाई अधिकारीहरूसामु सुम्पिनुभएको थियो ।

मुलुकका गोपनीय कुराहरू चुहाएको दोषी पाइएको मुद्दामा मङ्गलबार १० वर्षको कारागार सजाय पाउनुभएका पूर्वप्रधानमन्त्री खान अहिले पनि मुद्दा चलाइएको रावलपिन्डको अडियाला कारागारमा हुनुहुन्छ । पूर्वअन्तर्राष्ट्रिय क्रिकेटर तथा उहाँको कानूनी टिमले सेनाको नेतृत्वमा स्थापित संस्थाले उहाँलाई आगामी साताको निर्वाचनमा सत्तामा फर्किनबाट रोक्नका लागि सजाय र असङ्ख्य अन्य आरोप लगाएको बताएका छन् ।

उहाँकी श्रीमती बिबीलाई अडियाला कारागारबाट इस्लामाबादको बाहिरी क्षेत्रमा रहेको उहाँको घरमा स्थानान्तरण गरिएको बुधबार राति सरकारले बताएको छ । “मुख्य आयुक्त, इस्लामाबाद क्यापिटल टेरिटोरीका दोषी श्रीमती बुशरा बिबीको निवासलाई सन् २०२४ जनवरी ३१ देखि अर्को आदेश नभएसम्मका लागि उप–कारागारका रूपमा घोषणा गर्न पाउँदा खुशी हुनुहुन्छ”, आदेशमा भनिएको छ ।

अग्लो कङ्क्रिटको पर्खालले घेरिएको ठूलो परिसरमा रहेको खानको घर राजधानीको आलिशान बानी गाला क्षेत्रमा छ ।

पहिला नै धाँधलीको आरोप लागिसकेको पाकिस्तानमा फेब्रुअरी ७ मा मतदान हुँदैछ । निर्वाचनमा खानलाई निर्वाचनमा उम्मेदवारी दिन रोक लगाइएको छ र उहाँको पाकिस्तान तेहरिक–ए–इन्साफ ९पिटिआई० माथि ठूलो कारवाही गरिएको छ ।

गत वर्ष खानको पहिलो गिरफ्तारीपछि दङ्गा भड्किएपछि हजारौँ समर्थकलाई हिरासतमा लिइएको थियो र तीमध्ये करिब एक सय जनाले गुप्त सैन्य अदालतमा मुद्दाको प्रतीक्षा गरिरहेका थिए ।

बिबीले खानसँग सन् २०१८ मा विवाह गर्नुभएको हो । खान प्रधानमन्त्रीमा निर्वाचित हुनुभन्दा केही महिना पहिला दुवैले मुलुकलाई बदनाम र हैरान बनाउनुभएको थियो ।

अक्सफोर्डबाट शिक्षित खानले आफ्नो क्रिकेट खेल्ने दिनहरूमा प्लेब्वाइका रूपमा ख्याति कमाउनुभएको थियो । प्राय समाजका सुन्दरी र मोडेलहरूसँग उहाँको फोटो खिचिन्थ्यो । ब्रिटिश करोडपतिकी छोरी जेमिमा गोल्डस्मिथसँग उहाँको पहिलो विवाह सम्बन्धविच्छेदमा टुङ्गिएको छ ।

त्यसपछि उहाँले टेलिभिजन पत्रकार रेहम नैय्यरसँग विवाह गर्नुभयो । एक वर्षभित्र सम्बन्धविच्छेद भएपछि नैय्यरले ‘किस–एन्ड–टेल’ संस्मरण प्रकाशित गर्नुभएको थियो । तेस्री श्रीमती बिबी सार्वजनिकरूपमा कमै देखिनुहन्छ र बाहिर निस्कँदा अनुहार ढाक्ने हिजाब लगाउनुहुन्छ ।