६ श्रावण २०८३, बुधबार
,
Latest
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे इरान युद्धमा अमेरिकाको ३७.५ अर्ब डलर खर्च काठमाडौं महानगरपालिकाको प्रशासनिक भवन निर्माणको भौतिक प्रगति ३५ प्रतिशत सुदूरपश्चिम प्रदेशः अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर दिल्लीको जंतर–मंतरमा ‘ककरोच जनता पार्टी’को प्रदर्शन ३३औँ दिनमा, हजारौँ प्रदर्शनकारी सहभागी श्रमिकका उजुरी एक घण्टाभित्र सम्बोधन गर्न श्रम तथा व्यवसायजन्य सुरक्षा विभागको निर्देशन टेकुमा निर्माणाधिन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी विभिन्न कार्यक्रम गरी ४४३औँ बिपी स्मृति दिवस मनाइँदै भरतपुर कारागारमा कैदी बस्ने स्थानको अभाव बजेट कार्यान्वयनमा कडाइ गर्न अर्थ मन्त्रालयद्वारा ४७ बुँदे मार्गदर्शन जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्मनासा खोला अतिक्रमणबारे पुन: अनुसन्धान गर्न अदालतको आदेश



फाईल फोटो
अ+ अ-

काठमाडौं । विशेष अदालतले ललितपुरको कर्मनाशा खोला अतिक्रमणमा पुन: अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको छ ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले कर्मनासा खोलाको नक्सा बदल्ने काममा संलग्नहरुमाथि अनुसन्धान गर्न आदेश दिएको हो ।

‘अभियोगपत्रको पृष्ठ ४७ मा नापी कार्यालय, ललितपुरबाट जग्गा बढ कायम गर्ने निर्णयमा कर्मचारीहरु संलग्न भएको देखिएको भन्ने उल्लेख भएको, तर सो निर्णयमा जिम्मेवार संलग्न पदाधिकारी र व्यक्तिहरुका हकमा समेत पुन अनुसन्धान गरी आवश्यक कारवाही गर्नु भनी निर्देशनात्मक आदेश जारी गरिदिएको छ ’, विशेष अदालतले भनेको छ ।

युरो हाउजिङ प्रा.लि.ले भवन बनाउने क्रममा खोलाको ५ रोपनी ९ आना जमिन मिचेको अदालतको ठहर छ । सो कार्यमा संलग्न गुनीकाजी मानन्धर, योगेश्वरकृष्ण पराजुली, कृष्णराज श्रेष्ठ, टंकबहादुर श्रेष्ठ, गोपालदास मानन्धर, बबिब मानन्धर र उज्ज्वल मानन्धर दोषी ठहर भएका छन् ।

अदालतले उनीहरुबाट एक करोड २७ लाख विगो भराउने निर्णयस्वरुप हरेकबाट १८ लाख १५ हजार रुपैयाँका दरले जरिवाना तिराउनुपर्ने फैसला समेत गरेको छ । साथै, अतिक्रमित जग्गा जफत गरेर नेपाल सरकारका नाममा ल्याउन पनि आदेश दिएको छ ।