१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar शिक्षामन्त्री पोखरेलसँग रसियाका राजदूतको शिष्टाचार भेट News Polar हिम्लुङ बेस क्याम्पमा हिमपहिरो : सम्पर्कविहीन १२ मध्ये ४ जनाको शव भेटियो News Polar बाढीले बगाएको गैँडा सुस्ता पुग्यो News Polar प्रतिनिधिसभाः सामाजिक सुरक्षासम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar मुस्ताङमा ३६ घण्टादेखि विद्युत् र इन्टरनेट सेवा अवरुद्ध News Polar मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज News Polar चितवन कारागारमा ६९ जना दीर्घ तथा जटिल रोगी News Polar शाओमी नेपालको चाडपर्व लक्षित योजना, दैनिक उपहारदेखि थाइल्यान्ड भ्रमणसम्म News Polar सदनमा बाढी पहिरोदेखि खाना पकाउने ग्याससम्म विषय News Polar पुलमा अड्किएको क्रुजसिप निकाल्ने तयारी News Polar दाङमा सवारी आवागमन खुला : जनजीवन सामान्य News Polar प्राधिकरणद्वारा भुम्लुकी उप्रेतीलाई १० लाख क्षतिपूर्ति News Polar जनसंख्या वृद्धिका लागि सुत्केरी बिदा ६ महिना पुर्‍याउने प्रस्ताव News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न बनेको संसदीय समितिको सभापति चयन पर्सि News Polar संसदीय समितिको निर्देशनः चाडबाडमा यात्रु आवागमनलाई सहज र सुरक्षित तुल्याउनुस् News Polar प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत News Polar अम्बर गुरुङ स्मृति सङ्गीत पुरस्कार शम्भुजीतलाई News Polar गोदावरी पर्यटन प्रवर्द्धन महोत्सवबाट सङ्कलित रकम बाढीपीडितलाई दिइने News Polar कपिलवस्तुमा क्षमताभन्दा बढी कैदीबन्दी : व्यवस्थापनमा चुनौती News Polar विशिष्ट व्यक्ति पक्राउ गर्ने क्रम नरोकिए सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

नेपालले बंगलादेशलाई दियो १७० रनको समान्य लक्ष्य

नेपालले बंगलादेशलाई दियो १७० रनको समान्य लक्ष्य
BLOEMFONTEIN, SOUTH AFRICA - JANUARY 31: Bishal Bikram KC of Nepal bats from Ashiqur Rahaman Shibli of Bangladesh during the ICC U19 Men's Cricket World Cup South Africa 2024 Super Six match between Nepal and Bangladesh at Mangaung Oval on January 31, 2024 in Bloemfontein, South Africa. (Photo by Alex Davidson-ICC/ICC via Getty Images)
अ अ+ अ-

काठमाडौँ । नेपालले आईसीसी यू-१९ विश्वकपको सुपर सिक्समा बंगलादेशलाई जितको लागि १७० रनको समान्य लक्ष्य दिएको छ ।

दक्षिण अफ्रिकाको ब्लोमफोन्टेनमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले ४९.५ ओभरमा अलआउट हुँदै १६९ रन बनायो ।

नेपाललको लागि विशाल ब्रिकम केशीले सर्वाधिक ४८ रन बनाए । उनले १०० बलमा ६ चौका हिर्काए । खराब सुरुवात गरेको नेपाललाई विशाल र कप्तान देव खनालको साझेदारीले उकासेका थिए । विशाल र देवले ६२ रनको साझेदारी गरे । देव ६० बलमा ३ चौकासहित ३५ रनमा आउट भए ।

यस्तै, अर्जुन कुमालले १२ र सुभाष भण्डारीले १८ रन बनाउदा अन्य कुनैपनि खेलाडिले दोहोरो अंकमा रन बनाउन सकेनन् । दुर्गेश गुप्ताले ९ रन जोड्दा दिपेश कडेल, दिपक बोहरा, गुलशन झा र आकाश त्रिपाठीले समान ३ र विपीन रावलले २ रन थपे ।

बंगलादेशका लागि रोहनत बोर्सोन र शेख जिबोनले ३(३ विकेट लिए । इकबाल हुसेन, मरुफ म्रिधा र जिशान आलमले १(१ विकेट हात पारे ।