५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

इरानसँग युद्ध चाहेका छैनौँ: अमेरिका



अ+ अ-

एजेन्सी । अमेरिकाले राष्ट्रपति जो बाइडेन प्रशासनले इरान समर्थित मिलिसियाहरूलाई जिम्मेवार ठहराएको ड्रोन आक्रमणमा मध्यपूर्वमा तीन अमेरिकी सैनिक मारिएपछि संयुक्त राज्य अमेरिकाले इरानसँग युद्ध नगर्ने बताएको छ ।

अमेरिकाको राष्ट्रिय सुरक्षा परिषद्मा रणनीतिक सञ्चारका लागि संयोजक जोन किर्बीले अमेरिकाले इरानसँग युद्ध नखोजेको बताउनु भयो । उहाँले सैनिक मृत्यु प्रकरण निन्दनिय रहेको भन्दै अब पुन: गल्ती नगर्न आग्रह गर्नुभयो ।

बाइडेनले संयुक्त राज्यले आक्रमणका जिम्मेवार व्यक्तिहरूलाई कारबाही गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । किर्बीको टिप्पणीपछि विदेश सचिव एन्टोनी ब्लिन्केनले आफूहरुले द्वन्द्वलाई फैलिनबाट रोक्न चाहेको बताउनु भयो । आफूहरु द्वन्द्व फैलिनबाट रोक्न काम गरिरहेको बताउनु भयो ।

सिरियासँगको सीमा नजिकै उत्तरपूर्वी जोर्डनमा तैनाथ अमेरिकी सेनालाई लक्षित गरी शनिवार राति भएको ड्रोन आक्रमणमा तीन अमेरिकी सैनिकको मृत्यु हुनुका साथै अन्य ४० जनाभन्दा बढी घाइते भएको पेन्टागनका उपसचिव सबरीना सिंहले बताउनु भयो । पेन्टागनले सोमवार मारिएका तीन सैनिकको पहिचान गरेको छ । ती सबै अमेरिकी सेनाको रिजर्भ इकाईका सदस्य थिए ।