२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पशुपतिनाथको सन्ध्या आरतीमा कपीराइटबारे छानबिन गर्न समिति गठन



file photo
अ+ अ-

काठमाडौं । पशुपतिनाथको सन्ध्या आरतीमा बुढासुब्बालाई दिइएको कपीराइट छानबिनका लागि अध्ययन समिति बनाइएको छ ।

मंगलबार पशुपति क्षेत्र विकास कोषको बोर्ड बैठकले कोषाध्यक्ष नारायणप्रसाद सुवेदीको नेतृत्वमा ५ सदस्यीय अध्ययन समिति गठन गरेको हो ।  समितिलाई १५ दिनभित्र अध्ययन गरी प्रतिवेदन बुझाउन समय तोकिएको छ ।

बुढासुब्बा डिजिटल प्रालिले पशुपतिनाथ क्षेत्रको बागमती नदी किनारमा हुने गङ्गा आरती र कोर क्षेत्रमा हुने दीप प्रज्वलनको भिडिओ सामग्री फेसबुक, इन्स्टाग्राम, टिकटक तथा युट्यूवमा व्यवसायिक प्रयोजनका लागि राखिएको थाहा भएमा डिजिटल कपीराइट ऐन अन्तरगत कारबाही हुने बताएको थियो । धार्मिक स्थलको व्यापारीकरण गरिएको भन्दै यसमा चर्को आलोचना भएको थियो ।

पछि पशुपति क्षेत्र विकास कोषले बुढासुब्बा डिजिटलले गंगा आरतीको भिडियो खिच्न निषेध गरिएको भन्ने सूचनाबारे गम्भीर ध्यानाकर्षण भएको भन्दै विज्ञप्ति समेत निकालेको थियो ।