२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

हत्कडीसहित भागेका थुनुवालाई सहयोग गर्ने तीन जनाविरुद्ध मुद्दा दायर



अ+ अ-

काठमाडौं । जिल्ला अदालत काठमाडौं परिसरबाट भागेका थुनुवालाई सहयोग गरेको आरोपमा ३ जनाविरुद्ध अभियोग पत्र दायर भएको छ ।

१८ पुसमा अदालतबाट ३२ वर्षीय कमल खड्कालाई हत्कडीसहित भाग्न र लुक्न सहयोग गरेको आरोपमा प्रहरीले तीन जनाविरुद्ध मुद्दा लगाएको हो ।

खड्कालाई सहयोग गर्नेमा सिन्धुपाल्चोकका १८ वर्षीय पारस तामाङ, २५ वर्षीय मोहनबहादुर तामाङ र १९ वर्षीय रोनिस तामाङलाई रहेका छन् । उनीहरुले खड्काको हत्कडी खोल्न र लुकाउन सहयोग गरेका जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी कुमोध ढुंगेलले जानकारी दिए ।

डलर ठगी कसुरको अनुसन्धानका लागि अदालतमा म्याद लिन आउनेक्रममा उनी भागेका थिए । लामो समय जेल पर्न सक्ने डरले आफू भागेको खड्काले बयान दिएका छन् ।

मुलुकी अपराध संहिता अनुसार, थुनुवा भगाएको कसुरमा दुई वर्षसम्म कैद वा पाँच सय रुपैयाँसम्म जरिवाना हुनसक्छ। भाग्ने खड्काविरुद्ध पनि ठगी सम्बन्धी कसुरमा ५० हजार रुपैयाँ धरौटी माग गरिएको छ । उनी अहिले केन्द्रीय कारागार, सुन्धारामा छन् ।

 




भर्खरै