८ पुष २०८२, मंगलवार
,
Latest
जेनजी आन्दोलनको मर्मअनुसार सबै निर्वाचनमा सहभागी होऔँ: संरक्षक चौधरी यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक कोलम्बियामा अपहरण गरिएका १८ सैनिक रिहा गृहमन्त्री अर्यालद्वारा भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निरीक्षण आगलागीमा करिब तीन लाख क्षति, एक महिला घाइते वन तथा सडक क्षेत्र अतिक्रमण गरी बनाइएका घरटहरा भत्काइयो प्रदेश राजधानी सुन्दर र सुरक्षित बनाउन उद्योग वाणिज्य सङ्घको आग्रह श्रीकृष्ण माविलाई चौथो पटक राष्ट्रपति रनिङ शिल्ड सुनचाँदी पसले नै सुन चोरीमा संलग्न भएपछि… मुख्यमन्त्री कार्कीद्वारा म्याङलुङ बसपार्क र मेयङलुङ कृषि शीतभण्डार उद्घाटन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल मुस्लिम आयोगद्वारा मुस्कानलाई सम्मान



अ+ अ-

काठमाडौं । नेपाल मुस्लिम आयोगले मुस्कान खातुनलाई आफ्ना कार्यक्रमहरुमा विशेष वक्ताको रुपमा राख्ने भएको छ । आयोगले आयोजना गर्ने सबै प्रकारका औपचारिक कार्यक्रममा विशेष वक्ताको रुपमा प्रस्तुत गर्ने भएको हो । 

बुधबार आयोग कार्यालयमा एसिड पिडित खातुनलाई अध्यक्ष समिम मिया अन्सारीले सम्मान गर्नुभयो । सम्मान कार्यक्रममा बोल्दै अध्यक्ष अन्सारीले एशिड बिरुद्धको अभियानमा मुस्कानको भूमिका महत्वपूर्ण हुने भएकोले विशेष स्थान दिन लागिएको बताउनु भयो । एसिडले जलेको घाउलाई शक्तिमा बदलेर समाजमा उभिन सक्नु ठूलो साहशको काम भएकोले आयोगले सम्मान गरेको अध्यक्ष अन्सारीले बताउनु भयो ।

यस्तै सम्मानित खातुनले सबैको सहयोग र सद्भावले आफूले पीडालाई शक्तिमा बदल्न सकेको बताउनु भयो । आफूले एसिड बिरुद्ध जनचेतना जगाउन काममा सधै लाग्ने पनि बताउनु भयो । केहि दिन अघि अमेरिकी सरकारले जलेको घाउ लिएर समाजमा क्रियाशिल भएर कार्य गरिरहेको भनेर सम्मान गरेको थियो । यस्तै नेपाल सरकारले अन्तराष्ट्रिय महिला दिवशको अवसरमा विशेष सम्मान पनि गरेको छ ।