काठमाडौँ । नेपाल र मरिससबीच भईरहेको दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा नेपालका लागि सुजल श्रेष्ठले पहिलो गोल गरेका छन् । यो संगै पहिलो हाफअघि नै नेपालले खेललाई १-० को अन्तरमा पुर्याएको छ ।
खेलको दशौं मिनेटमा नै सुजल श्रेष्ठले नेपालका लागि गोल बनाउन सफल भएका हुन् । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा यतिबेला नेपाल र मरिससबीच दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल हुँदैछ । पहिलो मैत्रीपूर्ण खेलमा नेपालले मरिससमाथी जित हासिल गरेको थियो ।
नेपाली राष्ट्रिय टोलीले पहिलो पटक अफ्रिकी देश मरिसससँग दुईवटा मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।