२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

सर्वसाधारणका लागि खुला गरियो राम मन्दिर, पूजा आराधना र दर्शन आजदेखि



अ+ अ-

अयोध्या । अयोध्यामा रामलल्लाको प्राण प्रतिष्ठापछि मंगलबार दर्शनको पहिलो दिन रहेको छ । मन्दिर सर्वसाधारणका लागि खुला गरिएको छ । आज बिहान ३ बजेदेखि नै दर्शनका लागि भक्तजनको भीड लागेको छ ।

मन्दिरको ढोका खुल्नेबित्तिकै मानिसहरुबीच पहिले भित्र पस्ने प्रतिस्पर्धा भयो । मानिसहरु धकेल्दै र कुटपिट गरेको देखिएको छ ।

मन्दिर अगाडि मानिसहरु नियन्त्रणबाहिर गइरहेका छन् । उनीहरु ब्यारिकेड हाम फालेर अगाडि बढिरहेका छन् । प्रहरीले रोके पनि भीड मानेको छैन ।

राम मन्दिर पुग्ने हजारौंको संख्यामा रहेका भक्तजनको मोबाइल फोन छ । प्रहरी र व्यवस्थापनले अहिलेसम्म संकलन गर्ने व्यवस्था गरेको छैन । रामजन्मभूमि परिसरको सुरक्षामा खटिएका एक अधिकृतले मोबाइल लिएर त्यहाँ पुग्ने मानिसलाई रोक्न नसकिने बताए ।

मन्दिर प्रवेशका लागि भक्तजनले कडा सुरक्षा मापदण्ड पार गर्नुपर्नेछ । मन्दिरमा सबै प्रकारका विद्युतीय वस्तुहरू निषेध गरिएको छ । जस्तै मोबाइल, क्यामेरा आदि । बाहिरबाट मन्दिरमा प्रसाद लिनु पनि मान्य हुँदैन ।

आरतीमा सहभागी हुन भक्तजनले जन्मभूमि तीर्थबाट पास लिनुपर्नेछ । यद्यपि, यो निःशुल्क हुनेछ । यसको लागि, आधार सहित कुनै पनि वैध परिचय पत्र आवश्यक छ । हाल ३० जनाले मात्र आरती गर्न पाउनेछन् ।

 




भर्खरै