२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बिमस्टेक बैठकमा नेपालको प्रस्ताव : क्षेत्रीय विपद् संयन्त्र र संयुक्त कार्यदल गठन गर्नुपर्ने News Polar बिमस्टेक बैठकमा सहभागी भएर गृहमन्त्री गुरुङ आज स्वदेश फर्किँदै News Polar चन्द्रपुरमा बसको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु News Polar १३ प्रस्तावित राजदूतको संसदीय सुनुवाइ सकियो, अनुमोदनको निर्णय हुन बाकी News Polar प्रधानसेनापति सिग्देल स्वदेश फिर्ता News Polar देशभर २४ घण्टामा १५ विपद्का घटना, १० घाइते News Polar जुम्लाका २२० नागरिकले घरमै पाए राहदानी News Polar विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा News Polar इन्डोनेसियाकी राजदूत लिस्टियोवातीद्वारा राष्ट्रपति पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar केन्द्रीय कार्यालयका लागि घर वा जग्गा खोज्दै रास्वपा, २१ दिनभित्र प्रस्ताव पेस गर्न आह्वान News Polar सातै प्रदेशका मुख्यमन्त्रीद्वारा ‘कोशी घोषणा–२०८३’ जारी, संघीयता कार्यान्वयन प्रभावकारी बनाउन माग News Polar सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयको पत्राचार News Polar निर्माण क्षेत्रमा बालश्रम रोकथाम र बालअधिकार संरक्षणमा जोड News Polar नेपालबाट बाहिरियो मनसुन, दशैंमा मौसम घमाइलो हुने पूर्वानुमान News Polar ढोरपाटनमा नाउर र झारलको गणना गरिँदै News Polar दुर्गा पूजाका क्रममा करेन्ट लागेर चौधरीको निधन News Polar महङ्गीले खर्चिलो बन्दैछ दसैँ News Polar विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान News Polar संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद् सदस्यमा नेपाल सर्वाधिक मतसहित निर्वाचित News Polar महाकाली नदीमा बेपत्ता सशस्त्र प्रहरीका असई थारुको शव पाँच दिनपछि फेला

बारी छैन : कौसी छँदैछ !

बारी छैन : कौसी छँदैछ !
अ अ+ अ-

तनहुँ । तनहुँका मुख्य भाग आजभोलि घरले भरिएका छन् । कङ्क्रिटले बनेका संरचनाका कारण शहरमा खाली ठाउँ भेट्न मुस्किल छ । खेतीका लागि बारी भेट्नु त परको कुरा । शहरमा खेतीका लागि बारी नभए पनि एक महिलाले भने विगत केही वर्षदेखि आफ्नै घरको कौसीमा तरकारी फलाइरहनुभएको छ ।

दमौलीको मुख्य बजार व्यास नगरपालिका–२ कालिकामार्ग निवासी कल्पना गौलीले खेतबारी नभए पनि कौसीमा प्रशस्त तरकारी उत्पादन गर्न सकिन्छ भन्ने पुष्टि गर्नुभएको छ । कालिका मार्गमा बनेको घरको कौसीमा गौलीले करीब एक दर्जन थरीका तरकारी र जडीबुटी लगाउनुभएको छ । उहाँको घरको कौसीमा मात्र होइन, हरेक तलाको बरण्डामा समेत गमलामा तरकारी फलेको छ ।

घरमा भर्याङलगायतको भाग छोड्दा जम्माजम्मी आधा आनाभन्दा केही बढी ठाउँ बाँकी छ । त्यसमा पनि पानी जम्मा गर्ने दुई वटा ठूला ट्याङ्की त्यसभित्रै अटेका छन् । त्यो बाँकी रहेको ठाउँमा उहाँले सिमेन्टको गारो उठाएर त्यसमा माटो भरेर तरकारी लगाउनुभएको छ । बाँकी रहेको ठाउँमा गमला, ड्रम, प्लाष्टिकका बाल्टीमा मौसमअनुसारको तरकारी लगाउनुभएको छ ।

उहाँको कौसीमा मौसमअनुसारको तरकारी लगाइएका छन् । उहाँले मौसमअनुसार काउली, ब्रोकाउली, कुरिलो, बोडी, साग, धनियाँ, मेथी, सुप, चम्सुर, सिमी, मूला, स्थानीय जातको गोलभेँडा, प्याज र लसुन, घिरौँला, चिचिन्डा, काँक्रो, बोडी, लौका, फर्सी र पिँडालु उत्पादन गर्ने गर्नुहुन्छ । त्यसैगरी जडुबुटीतर्फ घोडटाप्रे, तितेपाती, सिस्नो, कालो हलेदो, पतिना, घ्युकुमारी पनि कौसीमा उत्पादन हुन्छ । 

नेपाल घरेलु तथा साना उद्योग महासङ्घ तनहुँ शाखा महिला उद्यमी समितिको अध्यक्ष र माँ दुुर्गा नामक धार्मिक संस्थाको संस्थापक अध्यक्ष रहनुभएकी गौलीले सामाजिक कामबाट बचेको समयको व्यवस्थापन र तरकारीमा आत्मनिर्भर बन्ने उद्देश्यले नै कौसीखेती गरेको सुनाउनुभयो । “छिमेकीहरुले तरकारी बेच्न सुझाव दिए पनि बिक्री गर्ने प्रयोजन अहिलेसम्म छैन, बरु कहिलेकाहीँ धेरै उत्पादन भयो भने छिमेकी र साथीभाइलाई उपहार पठाउँछु”, उहाँले भन्नुभयो ।

घरमा उपभोग गर्ने तरकारी घरमै उत्पादन गर्न सक्ने हो भने धेरै रकम बचत हुने गौलीको भनाइ छ । उहाँले कौसीखेती गर्न थालेको करीब १५ वर्ष भइसकेको छ । दमौलीमा घर बनाएर बसेदेखि नै अहिलेसम्म तरकारी किनेर खानु नपरेको उहाँको भनाइ छ । 

तरकारी उत्पादनका लागि गौलीले कम्पोष्ट मल बनाउनुभएको छ । खेर गएका तरकारी र खानेकुरालाई ठूलो ड्रममा कुहाएर कम्पोष्ट मल बनाउने उहाँले बताउनुभयो । त्यसबाहेक तरकारीमा किरा नलागोस् भनेर पिना तथा गाईको गहुँत पनि कहिलेकाहीँ प्रयोग हुन्छ । पानीका रुपमा भाडा माझेको पानीलाई थोपा सिँचाइमार्फत सिञ्चित गर्ने गरेको उहाँले सुनाउनुभयो । 
    
अहिले बजारमा बिक्रीका लागि राखिने प्रायजसो तरकारीमा विषादी प्रयोग हुने गरेका कारणले उपभोग गर्न नहुने अवस्था भएको भन्दै गौलीले आफ्नो घरमा उपभोग गर्ने तरकारी जग्गा जमिन हुनेले जमीनमा र नहुनेले कौसी या छतमा लगाउन सुझाव दिनुभयो ।

दमौली बजारमा थोरै क्षेत्रफलको जग्गा लिएर घर बनाउनेको सङ्ख्या अत्यधिक रहेकाले कौसीखेतीका बारेमा सबै जानकार हुनसके घरमै तरकारी फलाउन सकिने गौलीको भनाइ छ । कौसीखेतीलाई प्राथमिकतामा राखेर योजना बनाउन नगरपालिकालाई पनि अनुरोध गरेको उहाँले जानकारी दिनुभयो । 

बजार क्षेत्रमा तरकारी लगाउने जग्गाको अभाव भएका कारण कौसीखेती उपयुक्त विकल्प रहेको कृषि ज्ञान केन्द्रका प्रमुख कुलप्रसाद तिवारीले बताउनुभयो । उहाँका अनुसार विषादीरहित तरकारी उपभोग गर्न पाइने, तरकारी किन्ने पैसाको बचत हुने, घरमा खेर गएको खानेकुरा र पानीको उचित व्यवस्थापन हुने, छतको सदुपयोग हुने, समयको व्यवस्थापन हुने हुँदा यसका धेरै फाइदा छन् । 

कौसीखेती प्रोत्साहन गर्दै शुक्लागण्डकी: शुक्लागण्डकी नगरपालिका–४ स्थित दुलेगौडा बजारवासीलाई कौसीमा तरकारी फलाउन वडा कार्यालयले सघाउँदै आएको छ । यहाँका करीब ८०० परिवारलाई कौसीखेतीका लागि प्रोत्साहन गर्न तरकारीका बिरुवा वितरण गरिएकोे वडा सचिव कल्पना गैरे सुवेदीले जानकारी दिनुभयो । लहरेबाली काँक्रो, घिरौँला र करेलाका बिरुवा टोल विकास संस्थामार्फत् प्रत्येक घरलाई उपलब्ध गराएको उहाँले बताउनुभयो । उहाँका अनुसार बिरुवासँगै कोकोपिटसमेत उपलब्ध गराइएको छ । गत वर्ष पनि वडावासीलाई तरकारीका बिरुवा र प्लाष्टिकका गमला वितरण गरिएको थियो ।

वडाबाट बिरुवा लगेर कौसीमा तरकारी फलाउनेमध्ये उत्कृष्ट किसानलाई सम्मान गर्ने गरिएको वडाध्यक्ष शिवकुमार श्रेष्ठले बताउनुभयो । “वडावासीलाई घरमै तरकारी फलाएर उपभोग गर्न प्रोत्साहन गरेका छौँ”, वडाध्यक्ष श्रेष्ठले भन्नुभयो, “कौसीमा तरकारी फलाएर परिवारलाई मात्र पु¥याए पनि स्वाथ्यका लागि फाइदा हुन्छ ।” 

निर्यात घटाएर अर्थतन्त्रलाई सघाउन खोजेको उहाँको भनाइ छ । बजारबाट पैसा तिरेर विषादीयुक्त तरकारी खरीद गर्ने बानीको अन्त्य हुनुपर्नेमा श्रेष्ठको जोड छ । वडाले सघाउन थालेपछि दुलेगौँडा बजारमा कौसीमा तरकारी फलाउने बढेका छन् । वडा कार्यालयले चालू आर्थिक वर्ष २०७७÷०७८ मा कौसीखेतीका लागि रु तीन लाख बजेट विनियोजन गरेको छ । 

व्यासको आन्तरिक आम्दानी रु नौ करोड : व्यास नगरपालिकाले चालू आर्थिक वर्षको सात महीनाको अवधिमा रु नौ करोडभन्दा बढी आन्तरिक आम्दानी गरेको छ । चालू आर्थिक वर्ष ०७७÷७८ को साउदेखि माघ मसान्तसम्म रु नौ करोड २२ लाख १२ हजार ९८० आन्तरिक आम्दानी भएको नगरपालिकाका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिनुभयो । 

नगरपालिकाले चालू आर्थिक वर्षमा रु १६ करोड आन्तरिक आम्दानी हुने लक्ष्य राखेको छ । आन्तरिक राजश्वतर्फ सम्पत्ति, मालपोत, घरबहाल, विज्ञान, व्यवसाय, मनोरञ्जन, प्राकृतिक स्रोतसाधन उपयोग करलगायतबाट रु नौ करोड २६ लाख ८८ हजार, शुल्कतर्फ सेवा, सवारी पार्किङ, सरसफाइ, शौचालय, बस्ती विकास, सम्पत्ति मूल्याङ्कन, अन्य प्रमाणित, स्थानीय वातावरण शुल्कबाट रु एक करोड ७८ लाख ७२ हजार, दस्तुरतर्फ दर्ता र नवीकरण, घरनक्सा, सिफारिस, नाता प्रमाणित, मिलापत्रबाट रु दुई करोड ६४ लाख ६० हजार, दण्ड जरिवानाबाट रु दुई लाख, अन्यतर्फ घरभाडा, मेशनरी उपकरण भाडा, लिलाम बिक्री, परीक्षा, विविध फाराम र अन्य विविध फारामबाट रु दुई करोड २७ लाख ८० हजार आम्दानी हुने अनुमान गरिएको छ ।

नगरपालिकाले गत आर्थिक वर्षमा लक्ष्यभन्दा कम राजश्व सङ्कलन गरेको थियो । कोभिड–१९ को प्रभावका कारण गत आर्थिक वर्षमा लक्ष्यभन्दा रु छ करोड कम राजश्व सङ्कलन भएको थियो । गत आर्थिक वर्षमा रु १६ करोड छ लाख ९६ हजार राजश्व सङ्कलनको लक्ष्य थियो । 

छुट सुविधा उपयोग गर्न आग्रह : आर्थिक ऐन २०७७ बमोजिम अहिलेसम्म दर्ता नभई काम गरिरहेका र दर्ता भएर पनि विवरण नबुझाएका करदाताका लागि छुट र मिनाहा दिने भएकाले उक्त सुविधा उपयोग गर्न आन्तरिक राजश्व कार्यालय दमौलीले आग्रह गरेको छ । 

दर्ता नभई काम गरिरहेका करदाता दर्ता हुन आएमा आव ०७४/७५ र ०७५/७६ को आय विवरण र करमात्र बुझाएमा शुल्क र ब्याज मिनाहा हुने र सोभन्दा अगाडिको आय विवरण, कर, शुल्क र व्याज बुझाउन नपर्ने भएको छ । पहिले नै दर्ता भएर पनि आय विवरण नबुझाएका प्राकृतिक व्यक्तिले आव ०७३/७४, ०७४/७५ र ०७५/७६ को विवरण र करका साथै ब्याजको २५ प्रतिशत मात्र बुझाएमा सोभन्दा अगाडिको आय विवरण, कर, शुल्क र ब्याज बुझाउन नपर्ने कार्यालयका प्रमुख नारायण ढकालले बताउनुभयो । 

त्यस्तै मूल्यअभिवृद्धि करमा दर्ता भएका तर २०७५ साल असार मसान्तसम्मको विवरण पेश नगरेकाले बुझाउपर्ने कर विवरण, लाग्ने कर र ब्याजको ५० प्रतिशत मात्र बुझाएमा जरिवाना, थप दस्तुर र बाँकी ब्याज मिनाहा हुने कार्यालयले जनाएको छ ।