१० असार २०८३, बुधबार
,
Latest
धौलागिरिको ४८ करोड ५२ लाखको बजेट पारित वीरेन्द्रनगर नगरपालिकाले ल्यायो चार अर्ब ७१ करोडको बजेट चुनाव प्रचारमा भएको फोहर सङ्कलन गर्दै उम्मेदवार सभापतिको प्रस्तावक प्रधानमन्त्री भएपछि गुटउपगुट अन्त्य भयोः शाह वीरगञ्ज महानगरद्वारा चार अर्ब ४२ करोडभन्दा बढीको बजेट सार्वजनिक रास्वपा महाधिवेशन प्रतिनिधिको आरोप–स्वर्णिम वाग्लेको अर्थ–राजनीतिक प्रश्ताव संघीय शासन प्रणालीमाथि आक्रमण गर्नेगरी आयो, पर्याप्त छलफल… रास्वापाको महाधिवेशन निर्वाचन तालिका संशोधन ड्युटीका बेला सेवाग्राहीसँग हात नमिलाउन ट्राफिक प्रहरीलाई निर्देशन ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम १५ सय विद्यालयमा रास्वपा महाधिवेशन : केन्द्रीय सदस्य निर्वाचनको मतदान साँझ ७:३० बजेबाट सुरु हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

नक्कली शैक्षिक प्रमाणपत्रधारी एक चिकित्सक पक्राउ



अ+ अ-

काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्रको आधारमा सरकारी जागिर खाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

नक्कली शैक्षिक प्रमाणपत्रधारी चिकित्सक शम्वुद्ध भट्टाचार्यलाई धवलागिरि हिमाल पोलिक्लिनिक बसुन्धाराबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी रवीन्द्र रेग्मीले जानकारी दिए ।

भट्टाचार्यको साथबाट त्रिवि शिक्षण अस्पतालको परिचयपत्र पनि बरामद गरिएको छ । उनले भारतबाट एमबीबीएस उतीर्ण गरेको नक्कली प्रमाणपत्र पेस गरी नेपाल मेडिकल काउन्सिलको परीक्षा उत्तीर्ण भएको प्रहरीको भनाइ छ ।

भट्टाचार्यले विगत ९ महिनादेखि नक्सालस्थित वी केयर पोलिक्लिनिकमा ६३० जना बिरामीको जाँच तथा उपचार गरिसकेका र धौलागिरी हिमाल पोलिक्लिनिकमा ३० जना बिरामीको चेकजाँच गरेको अनुसन्धानबाट खुलेको छ ।