४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

प्रदेशमा दर्ता भएका अविश्वास प्रस्ताव फिर्ता लिन एमालेको निर्देशन

प्रदेशमा दर्ता भएका अविश्वास प्रस्ताव फिर्ता लिन एमालेको निर्देशन
अ+ अ-

काठमाडौंः अध्यक्ष केपी ओली पक्षीय नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय कमिटीको विशेष बैठकले प्रदेश सभामा मुख्यमन्त्रीहरु विरुद्ध दर्ता भएका अविश्वास प्रस्ताव फिर्ता लिन निर्देशन दिएको छ ।

तत्कालीन नेकपाका तर्फबाट प्रदेश १ मा मुख्यमन्त्री शेरधन राई र बाग्मती प्रदेशमा मुख्यमन्त्री डोरमणी पौडेल विरुद्ध अविश्वास प्रस्तावहरु दर्ता भएका थिए । यी प्रस्तावमा हालको नेकपा (एमाले) का सदस्यहरुले पनि हस्ताक्षर गरेका छन् ।

पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले जारी गर्नु भएको विज्ञप्तिमा बैठकले प्रदेशसभामा पार्टीबाट प्रतिनिधित्व गर्ने सदस्यहरुलाई पार्टी निर्णय अनुरुप सञ्चालित हुन र अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेको भए फिर्ता लिन निर्देशित गरेको उल्लेख छ ।

साथै बैठकले प्रदेशसभामा पार्टीका संसदीय दलका नेताहरुलाई आफ्ना दलका सदस्यहरुलाई अनुशासित र एकताबद्ध भएर परिचालित गर्न विशेष भूमिका खेल्न आह्वान गरिएको पनि ज्ञवालीले जारी गर्नु भएको विज्ञप्तिमा भनिएको छ ।

तर पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीका सम्पूर्ण पदाधिकारी, केन्द्रीय कमिटी समेत भंग गरी तत्कालीन माओवादी केन्द्रबाट सरकारमा सहभागी गृहमन्त्री रामबहादुर थापा बादल, टोप बहादुर रायमाझी समेतका नेतालाई जिम्मेवारी दिएपछि नेकपा (एमाले) भित्र थप अन्यौल र ध्रुवीकरण बढेको छ ।

माधव नेपाल र झलनाथ खनाल पक्षलाई पूर्ण रुपमा एक्ल्याइएको र कुनै जिम्मेवारी नदिएपछि उक्त समूहले एमालेको समानान्तर कमिटी निर्माण गर्ने र कार्यालय खोल्ने निर्णय गरेका छन् । यस्तो परिस्थितिमा प्रदेशमा दर्ता भएका अविश्वास प्रस्ताव र ती प्रस्तावको पक्षमा लाग्ने प्रदेशसभा सदस्यको हैसियत के हुने भन्ने अन्यौल बढेको छ ।

ज्ञवालीले जारी गर्नु भएकाे विज्ञप्ति