२ पुष २०८२, बुधबार
,
Latest
बैंकिङ कसुर मुद्दामा फरार व्यक्ति पक्राउ युक्रेन युद्धबाट रुसको लक्ष्य हासिल हुने पुटिनको दाबी नेपाली कांग्रेसले आगामी निर्वाचनमा भाग लिन्छ- नेता कोइराला देशको विकास श्रम संस्कृतिमा निर्भर हुनुपर्छ : अध्यक्ष साम्पाङ स्थानीयवासीलाई विपद् स्वयंसेवक तालिम एमाले महाधिवशेन : मतदान जारी, ८०२ द्वारा मतदान खगेन्द्रप्रसाद र रुद्रकली कतारका लागि उडे त्रिनगर नाकाबाट रोजगारीका लागि भारततर्फ जानेको भीड तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानका लागि बोलाउने जेन–जी आन्दोलन जाँचबुझ आयोगको तयारी सिरहामा सशस्त्र प्रहरीको नवनिर्मित ब्यारेक भवनको उद्घाटन
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौँ मेयर कप क्रिकेटको उपाधि पुलिस क्लबलाई



अ+ अ-

काठमाडौं । काठमाडौैँ मेयर कप एकदिवसीय क्रिकेट प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको फाइनल खेलमा पुलिस क्लबले सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई आठ विकेटले पराजित गरेको हो । उपाधिसँगै पुलिस क्लबले रु पाँच लाख पुरस्कार प्राप्त गरेको छ । उपविजेता एपीएफ क्लबले रु तीन लाख पुरस्कार प्राप्त गरेको छ । टस जितेर ब्याटिङ गरेको एपीएफ क्लबले नेपाल पुलिस क्लब सामु जितका लागि १०६ रनको झिनो लक्ष्य प्रस्तुत गरेको थियो । एक सय ६ रनको विजय लक्ष्य पुलिस क्लबले २४ दशमलव एक ओभरमा दुई विकेट गुमाएर पूरा ग¥यो । 

पुलिस क्लबका लागि सुनिल धमलाले अविजित ५९ रनको योगदान दिनुभयो । उहाँले ८२ बल खेल्दै दुई छक्का र सात चौका प्रहार गर्नुभयो । यस्तै दिपेन्द्रसिंह ऐरीले अविजित ११, कुशल भुर्तेलले १५ तथा अनिल साहले १५ रन बनाउनुभयो । बलिङतर्फ एपीएफका अभिनाश बोहरा र भुवन कार्कीले एकरएक विकेट लिनुभयो । 

यसअघि ब्याटिङ गर्ने क्रममा एपीएफ क्लबले २९ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै १०५ रन मात्र बनायो । एपीएफले पाँच रनमा पहिलो विकेट गुमाएको थियो । टोलीको स्कोर १० रन छँदा उसले आफ्ना तीन महत्वपूर्ण विकेट गुमाउन पुग्यो । शङ्कर राना चार रनमा तथा आसिफ शेख र शरद भेषवाकरबिना कुनै रन पेभेलियन फर्किनुभयो । 

यस्तै भुवन कार्कीले १४, सन्दीप जोराले १८, वसन्त रेग्मीले २२, अभिनाश बोहराले १२ तथा अमर रौटेलाले १८ रन बनाउनुभयो । बलिङतर्फ गुल्सन झा र सागर ढकालले चार÷चार विकेट लिनुभयो । यस्तै पवन शर्राफ र ललित राजवंशीले एक एक विकेट लिनुभयो । प्रतियोगितामा पुलिस र एपीएफसँगै नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, वाग्मती प्रदेश र काठमाडौँ मेयर ११ सहभागी थिए ।