२१ असार २०८३, आईतवार
,
Latest
सरकारप्रति गगनको कटाक्ष: लाइफभन्दा लाइकको चिन्ता बढी छ निर्वाचन हारपछि एमालेमा पुनर्गठनको गृहकार्य तीव्र, थापा नेतृत्वको कार्यदल बैठक असार २५ मा सञ्चारसम्बन्धी विद्यमान कानुनको पुनरावलोकन गर्न जोड सरकारले संविधानको संवेदनशीलता बिर्सियो: गगनकुमार थापा मौद्रिक नीतिबाट ठोस राहत नआए अर्थतन्त्रले नयाँ छलाङ मार्न सक्दैनः अध्यक्ष श्रेष्ठ लिग–२ त्रिदेशीय शृङ्खलाका लागि नेपाली टोली नेदरल्यान्ड्स प्रस्थान, क्यानद्वारा बिदाइ एक हजारभन्दा बढी प्रतिनिधिसहित घरेलु तथा साना उद्योग महासङ्घको महाधिवेशन सुरु ३९ लाख ठगीको अभियोगमा पक्राउ सीमा बन्द र मध्यपूर्व तनावले अफगानिस्तानको अटो व्यापार प्रभावित कोरला सडकलाई पर्यटकीय राजमार्ग बनाउने सरकारको योजना
तपाईं के खोज्दै हुनुहुन्छ ?

म्यान्चेस्टर सिटी इङ्लिस प्रिमियर लिगको उपाधि नजिक, फुलह्याम ३–० ले पराजित



अ+ अ-

लन्डनः इङ्लिसल प्रिमियर लिगमा यसपटक म्यान्चेस्टर सिटी उपाधि नजिक पुगेको छ । शनिबार राति भएको खेलमा तल्लो क्रममा रहेको फुलह्यामलाई ३–० गोल अन्तरले पराजित गर्दै सिटी उपाधि नजिक पुगेको हो ।

चौतर्फी दबाब सिर्जना गरे पनि सिटीले पहिलो हाफमा कुनै गोल गर्न सकेको थिएन । तर दोस्रो हाफ शुरु हुनासाथ ४७औं मिनेटमा सिटीका लागि जोन स्टोनले पहिलो गोल गरेका थिए ।

त्यसपछि ५६औं मिनेटमा गाब्रियल जिससले गोल गरेका थिए भने ६०औं मिनेटमा सर्जिओ अग्वुरोले पेनाल्टीमा गोल गरेर सिटीको जित सुनिश्चित गरेका थिए ।

यो जितसँगै सिटीको ३० खेलबाट ७१ अंक भएको छ । अर्थात् दोस्रो स्थानमा रहेको म्यान्चेस्टर युनाइटेडभन्दा सिटी १७ अंकले अगाडि पुगिसकेको छ । अब लिगमा सिटीको ८ खेल मात्र बाँकी छ भने युनाइटेडको १० खेल बाँकी छ ।

फुलह्याम भने पराजित हुँदै रेलिगेसन जोनमा परेको छ ।