२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी
तपाईं के खोज्दै हुनुहुन्छ ?

गौशाला-२६ को तस्वीर सार्वजनिक गर्ने एक जना पक्राउ



अ+ अ-

काठमाडौं । गौशाला-२६ (परिवर्तित नाम) को तस्वीरहरु सार्वजनिक गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा संखुवासभाका ३२ वर्षीया केशरमान राई रहेको प्रहरीको साइबर ब्यूरोले जनाएको छ ।

राईमाथि विद्युतीय अपराध ऐन अनुसारको कसूरमा ७ दिन म्याद थप गरी अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।

क्रिकेटर सन्दीप लामिछाने बलात्कारको कसूरमा दोषी ठहर भएपछि पिडीत गौशाला-२६ ले आफ्नो पहिचान खुलाउने प्रयास गरेको भन्दै र ब्युरोमा उजुरी दिएकी थिईन् ।

जिल्ला अदालत, काठमाडौंले लामिछानेलाई बलात्कारको कसूरमा दोषी ठहर गर्दै ८ वर्ष वर्ष जेल सजाय र ५ लाख रुपैयाँ क्षतिपूर्ति पीडितलाई भराउने आदेश गरेको थियो । त्यसपछि लामिछानेका समर्थकहरुले पीडितको विभिन्न तस्वीर र व्यक्तिगत विवरणहरु सार्वजनिक गराएका थिए ।

साइबर ब्युरोले यसबारे अनुसन्धान गरी पहिचान खुलाउने व्यक्तिहरूको खोजी भइरहेको बताएको छ ।