४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

बाढीपहिरोले विद्यालयको भवन भत्किएपछि खुला चौरमै पढ्न बाध्य छन् हुम्लाका विद्यार्थी

बाढीपहिरोले विद्यालयको भवन भत्किएपछि खुला चौरमै पढ्न बाध्य छन् हुम्लाका विद्यार्थी
अ+ अ-

सिमकोट । हुम्लाको दक्षिण क्षेत्रमा रहेको ताँजाकोट गाउँपालिकाका विद्यार्थी खुला चौरमा पठनपाठन गर्न बाध्य भएका छन् । गत वर्ष बर्खाको समयमा बाढीपहिरो आउँदा विद्यालयको भवन भत्किएपछि कक्षा कोठा मर्मत हुन नसक्दा यहाँका विद्यार्थी चौरमा अध्ययन गर्न बाध्य भएका छन् । लामो समयको कोरोना कहरपछि पठनपाठन शुरु भए पनि विद्यालयमा विद्यार्थी खुला चौरमा अध्ययन गर्दै आएका छन् । 

ताँजाकोट–२ को छप्रेलाको धर्मोदय माध्यामिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत छात्रा विष्णुदेवी शर्माले भन्नुभयो, “कोरोनाको त्रासपछि विद्यालयमा पठनपाठन शुरु भए पनि कक्षा कोठा नहुँदा दैनिक चौरमा अध्ययन गर्नुपरेको छ” । चर्को घाम लागेका बेला अध्ययन गर्न शिक्षक र विद्यार्थी दुवैलाई कठिन हुने शर्माले गुनासो गर्नुयभो ।
     
बर्खाको पहिरोपछि अधिकांश विद्यालयका भवनमा क्षति पुगेकाले विद्यार्थीले चौरमा अध्ययन गर्नु परिरहेको छ । यहाँका अविभावकले सरोकारवाला निकायलाई अनुरोध गरे पनि कुनै सुनुवाइ हुन नसकेको बताइएको छ । पानी परेका दिन पठनपाठन बन्द गर्नु बाध्यता छ भने कक्षा ६, ७, ११ र १२ का विद्यार्थीले खुला चौरमा पठनपाठन गर्दै आएका छन् । कक्षा ८, ९ र १० का विद्यार्थी भने क्षति पुगेकै भवनमा जेनतेन अध्ययन गर्दै आएका छन् । 

विद्यालयमा ४५० विद्यार्थी अध्ययनरत छन् । विद्यालयमा भवन निर्माणका लागि प्रदेश र सङ्घीय सरकारबाट बजेटको व्यवस्था भए पनि स्थान छनोट हुन नसकेको कारण निर्माण कार्य अगाडि बढ्न सकेको छैन ।